काठमाडौं महानगरका प्रमुखको मर्यादाक्रम घटाउने प्रस्ताव पारित

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखको मर्यादाक्रम ७ स्थान घटाउने प्रस्ताव संसदीय समितिले पारित गरेको छ । अहिले काठमाडौं महानगर पालिका प्रमुखको मर्यादाक्रम १०औं नम्बरमा रहेकोमा राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले सात स्थान घटाउने प्रस्ताव पारित गरेकाे हाे ।

मर्यादाक्रम सम्बन्धी सोमबार पारित गरेको प्रतिवेदनमा सात स्थान घटुवा गरेर १७ नम्बरमा प्रस्ताव गरेको हो । यस्तै यस अघि काठमाडौं महानगरपालिकाका प्रमुखको मर्यादाक्रम १० औ नम्बरमा र अन्य महानगरपालिकाको मर्यादाक्रम ११ नम्बरमा भए पनि समितिले पारित गरेको विधेयकको प्रतिवेदनमा काठमाडौंका प्रमुखको सात स्थान घटनाएर १७ नम्बर र अन्य महानगरपालिकाको ६ स्थान घटनाएर पनि १७ औँ नम्बरमा प्रस्ताव गरिएको छ ।

समितिले प्रस्ताव गरेको मार्यादाक्रम पारित भएमा काठमाडौं महानगरपालिकासहित ६ वटै महानगरपालिकाका प्रमुखको मर्यादाक्रम एउटै हुनेछ । यस अघि काठमाडौं महानगरपालिकाका प्रमुख र अन्य महानगरपालिकाका प्रमुखको मर्यादाक्रममा विभेद भएको भन्दै विरोध हुदैँ आएको थियो ।

अहिलेसम्म काठमाडौं महानगरपालिका प्रमुखको मर्यादाक्रमको १०औ नम्बरमा नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्यन्यायाधीश, प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका बिभिन्न समितिका सभापति, संविधान सभाका सदस्य, पूर्व सांसद, नेपाल सरकारको मुख्यसचिव र प्रधानसेनापति रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *