काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली (एफडि मोर्टर्स) र नबिल बैंकबीच सम्झौता भएको छ । एफडि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्डमार्फत कर्जा सुविधा उपलब्ध गराउने सम्झौता भएको हो । जसअन्तर्गत कुनै पनि ग्राहकहरुले एफडि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर क्रेडिट कार्डमार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्नेछन् ।
एफ डि मोर्टर्सले हाल दुई वटा मोडेलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइबको मुल्य रु. २ लाख ६१ हजार ९९९ र एफ फाइब ए को मुल्य रु. २ लाख ९७ हजार ९९९ रहेको छ ।
छिटै ग्रन्थ ई भी ले एफ फाइब प्रो र एफ फाइब ए प्रो बिक्रीको लागि ल्याउँदैछ । एफ डि मोर्टर्स नेपालको स्कुटरमा प्रयोग भएको ५ विशेष विशेषताका कारण र सो विशेषताका बाबजुत पनी यसको मूल्य उत्कृष्ट भएर बजारमा सफल भइ रहेको छ ।
यस्ता छन् विशेषता
१. Side Drive Motor (PMSM)
यस कम्पनीले आफ्नो मोटरमा पिएम एस एम साइड ड्राइभ मोटर (PMSM Side Drive Motor)जडान गर्ने छ । यस किसिमको मोटरमा धेरै ट्र्रक हुने हुँदा नेपालको बाटो सुहाउँदो हुने छ । साथै यो मोटर साइड ड्राइभ भएको हुँदा मर्मत सम्भार गर्नु पर्दा अन्य इलेक्ट्रिक स्कुटरको जस्तो टायर नै निकाल्न पर्दैन । मर्मत सम्भार एकदमै सजीलो हुन्छ । साथै यस किसिमको मोटर प्रयोगले अन्यभन्दा बढी रेन्ज (माइलेज) समेत दिन्छ ।
२. ब्रेक रीजेनेरेसन
(Brake Regenerative)विशेषता यस कम्पनीको इलेक्ट्रिक स्कुटरहरुमा पाइन्छ । यसले गर्दा एक्सीलीएटर (Accelerator) दिइ सकेपछि मोटरले ब्याट्री प्रयोग गरी सकेको हुन्छ । तल सोही बखत कुदाइरहेको समयमा ब्रेक लगाइन्छ र ब्रेक लगाउदा अगाडि एक्सीलीएटरबाट खर्च भएर खेर जाने ब्याट्रीलाई ब्रेक लगाउदा पुन: सन्चिती गरीदिने गर्दछ ।
त्यसैले जाममा र अन्य समयमा ब्रेक लगाइ राख्दा खेर जाने ब्याट्री पुन: सन्चिती हुने हुँदा रेन्ज (माइलेज) बढ्ने गर्दछ । यसलाई ब्रेक रिजेनेरेटिभ भनिन्छ । अझ ओरालो जादा ९७ प्रतिशत ब्याट्रीबाट २० प्रतिशतसम्म आउँदा ब्याट्री चार्ज भइ १० देखी १५ प्रतिशतसम्म बढ्ने गर्छ । हाल ब्रेक रिजेन भएको सफ्ट्वेर अपडेट नभएकाले ओडो मिटरमा भने देखाउँदैन, तर ब्रेक रिजेन भने भइनै रहेको हुन्छ ।
३. क्यान बस कम्मुनिकेसन कन्ट्रोलर
इलेक्ट्रिक स्कुटरहरुमा विभिन्न किसीमको वाइरीङ्ग हुन्छ, विभिन्न वाइरीङ्गले एक आपसमा आफ्नो आफ्नो काम गरी रहेका हुन्छन् । कन्ट्रोलरहरु, नर्मल र क्यान बस भएको हुन्छ । नर्मल कन्ट्रोलरले एक आपसमा सम्बन्ध बनाएका हुँदैनन्, एक आपसमा भएको सुचना अर्कोमा पठाउँदैनन्। तर क्यान बस भएको कन्ट्रोलरले सम्पुर्ण इलेक्ट्रिक स्कुटरमा भएको सुचना एकै ठाउमा एक कठ्ठा संचित गरेर सम्पुर्ण पार्ट पूर्जाहरुको सुचना हरबहत आफ्नो अधिनमा राखेका हुन्छन् । हामीले एक्सीलीएटर दिँदा कति स्पिडमा कुदाउने गरी आदेश आयको छ त्यो हेरेर मोटरमा सुचना पठाउने, मोटरलाइ सोही अनुसारको ब्याट्रीबाट चाहिने उर्जा लिन लगाउने, ब्याट्रीलाई पनी मोटरले माग गरेको उर्जा पठाउन लगाउने र त्यस अनुसारको नभएमा तुरुन्तै फलो अप गरी काम अगाडि बढाउने काम क्यान बसले गर्दछ । यदि कुनै स्कुटर चलेन भने त्यसको विभिन्न कारणहरु हुन्छन् । जस्तै, मोटरमा खराबी हुन सक्छ, ब्याट्रीमा खराबी हुन सक्छ, वाइरीङ्गमा खराबी हुन सक्छ । त्यस्तै अन्य कुरामा खराबी हुन सक्छ । त्यसैले क्यान बस कम्युनीकेसनले संचित गरेर सूचना राख्ने हुँदा, उस्ले खराबी के हो अगाडिनै डिस्प्ले गराइदिन्छ ।
४. यस कम्पनीको टायरको साइज
१६ इन्च अगाडि र १४ इन्च पछाडि पट्टीको रहेको छ । यसले गर्दा रोडमा ठोकिदैन । अली अग्लो र चलाउदा आरामदायी हुने हुन्छ । ग्राउण्ड क्लियरेन्स २०० एम एम भएकाले बाटोमा ठोकिने समस्या यस कम्पनीको स्कुटर हरुमा हुदैन । २०० एम एम ग्राउण्ड क्लियरेन्स भएको यस स्कुटर कुनै पनी खालको स्कुटरहरुमा नेपालमै पहिलो रहेको छ ।
५. लिथीयम फेरो फोस्फेट ब्याट्री
ब्याट्री प्राय: तिन प्रकारको हुन्छ, लिथियम आयन (यसलाई एनएमसी भनिन्छ), लिथियम फेरो फोस्फेट (यसलाई एलएफपि भनिन्छ) र लिड एसिड । यसमध्ये सबैभन्दा राम्रो लिथियम फेरो फोस्फेट हो, (यसलाई एलएफपि भन्छ ) यसमा २००० साइकल हुन्छ, त्यो भनेको २० प्रतिशतबाट १०० प्रतिशत हुँदा एक साइकल मानिन्छ । यसरी दिनमा एक पटक फुल चार्ज गरी चलाउदा २००० दिन सम्म चल्छ, त्यो भनेको ५.४७ बर्ष हो, यदि कुनै दिन अघिल्लै दिनको चार्जले चल्छ भने एक दिन साइकल थपिन्छ ।