पोखरा । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले सहकारीविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएका छन्
आफूहरुको बचत हिनामिना भएको र फिर्ता माग्दासमेत नदिएको दाबी गर्दै ३४ जना बचतकर्ताहरुले सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीमा उजुरी दिएका हुन् ।
सहकारीमा पैसा बचत गरेका बचतकर्ताहरु दैनिक धाउँदा पनि फिर्ता नपाएको गुनासो गर्दै आएका छन् । सहकारीका अनुसार करिब २० करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ । उक्त सहकारीले २२ सयजनाभन्दा बढी बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन ।
यता, सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारी भने बैंकिङ कसुरमा यसअघि नै पक्राउ परिसकेका छन्
बचतकर्ताको उजुरीका आधारमा गत शनिबार उनीहरु प्रक्राउ परेका हुन् ।