सोनापुर मिनिरल्सको सेयरमा दोस्रो दिन पनि नेगेटिभ सर्किट

काठमाडौं । सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर कारोबार सुरु भएको दोस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ । सोमबार प्रतिकित्ता ३१५ रुपैयाँबाट खुलेको कम्पनीको मूल्य १० प्रतिशत घटेर २८३ रुपैयाँ ५० पैसामा कायम भएको छ ।

यसअघि पहिलो दिन आइतबार ३५० रुपैयाँबाट कारोबार खुलेको कम्पनीको मूल्य १० प्रतिशत नै घटेर ३१५ रुपैयाँमा झरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम जोडेर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्काशन गरेको कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएको दुई दिन लगातार नकारात्मक सर्किट लागेको हो ।

२ असोजमा नेप्सेमा सुचीकृत भएको कम्पनीको सेयर दोस्रो बजारमा पहिलो कारोबारको लागि १४२ रुपैयाँ १ पैसादेखि ४२६ रुपैयाँ ३ पैसासम्म ओपनिङ रेञ्ज तोकिएको थियो ।

सोमबार सेयर बजार पनि ओरालो लागिरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ११.७७ अंकले घटेर १८६३.८८ बिन्दुमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *