३ महिनामा ४ खर्ब ७ अर्बको वस्तु आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँको वस्तु आयात भएको छ । साउन र भदौको तुलनामा असोजमा आयात बढेको विभागको तथ्यांकले देखाएको छ । साउन र भदौमा २ खर्ब ५९ अर्ब ७४ करोड ९०८ लाख ९८ हजारको आयात भएकोमा असोज महिनामा मात्रै १ खर्ब ४८ अर्बको आयात भएको भन्सार विभागले जनाएको छ । भदौमा १ खर्ब ३० अर्बको आयात भएकोमा असोजमा भदौमा १ खर्ब ४८ अर्ब नाघेको छ ।

आयातमा वृद्धि भए पनि निर्यात भने घटेको छ । निर्यात गत वर्षको तुलनामा २.१६ प्रतिशतले घटेर चालु आर्थिक वर्षको असोजसम्म ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँमा झरेको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४१ अर्ब ८२ करोड १ लाख ९३ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो ।

आयातमा वृद्धिसँगै कुल वैदेशिक व्यापार र व्यापार घाटा पनि बढेको छ । कुल वैदेशिक व्यापार १.३१ प्रतिशतले वृद्धि हुँदा ४ खर्ब ४८ अर्ब ४३ करोड ३८ लाख ६६ हजार पुगेको छ । यस्तै निर्यातमा संकुचन हुँदा व्यापार घाटा २.१५ प्रतिशतले बढेर ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार पुगेको भन्सार विभागले जनाएको छ ।

असोजसम्म सम्म कुल १ खर्ब ९ अर्ब २४ करोड ९१ लाख ६ हजार भन्सार राजस्व प्राप्त भएको भन्सार विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *