काठमाडौं । फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी कारोबारको सफलतापूर्वक सेटलमेन्ट गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो उल्लेखनीय उपलब्धि असोज ३० गते भएको थियो, जुन फोनपे सँगसँगै नेपालको सम्पूर्ण फिनटेक जगतको लागि एक महत्वपूर्ण क्षणको रुपमा उजागर भएको छ।
फोनपे एक युवा कम्पनी हो। एकै दिनमा १० अर्बभन्दा बढीको कारोबार सेटल गर्ने यात्रा रातारात सफल भएको भने पक्कै होइन । २०१९ मा आफ्नो सञ्चालन पछि, फोनपे लगातार नविन सेवा, प्रभाव र पूर्वाधारको सन्दर्भमा अगाडि बढिरहेको छ। लगभग सबै बैंकिङ तथा वित्तीय संस्थाहरूलाई आफ्नो नेटवर्कमा आवद्ब गराउनु चुनौतीपूर्ण काम जस्तो देखिएता पनि फोनपेले आफ्नो सञ्चालनको पहिलो वर्षमा नै यो उपलब्धि हासिल गरेको थियो।
नेपालमा पहिलो पटक क्यू.आर प्रविधि ल्याउने क्रममा फोनपेले पोइन्ट.अफ.सेल (POS) पूर्वाधारको तुलनामा लागत र परिचालन दुवै पक्षहरूलाई ध्यानमा राख्दै व्यापारी-मैत्री प्रणालीको विकास सुनिश्चित गर्दै आइरहेको छ। नयाँ सुविधाहरू प्रस्तुत गर्ने सन्दर्भमा मात्रै नभई सो सुविधाहरुलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि फोनपे अगाडि रहेको देखिन्छ।आज फोनपे नेपालमा पि.टू.यम (व्यक्तिदेखि व्यापारी भुक्तानी) खण्डमा ९९% र पि.टू.पि (व्यक्तिदेखि व्यक्ति भुक्तानी) खण्डमा ६२% को बजार हिस्सा लिई देशका अन्य भुक्तानी संचालकहरुमध्ये सबैभन्दा अग्रणी स्थानमा रहेको छ ।
यति छोटो समयमा अनुपालन र नियामक आवश्यकताहरूको पालना गर्दै यस्तो बजार प्रभुत्व हासिल गर्नुले कम्पनीको वृद्धि मानसिकतालाई झल्काउँछ र प्रयोगकर्ताहरूलाई सरल, सुरक्षित र तत्काल भुक्तानी समाधानहरू प्रदान गर्ने निरन्तर प्रयासलाई पनि देखाउँछ।