सुनको मूल्य हालसम्मकै महँगो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार छ । यो अहिलेसम्मकै महँगो मूल्य हो।

गत शुक्रबार प्रतितोला एकलाख १६ हजार मूल्य रहेकोमा शनिबार एक हजार रूपैयाँले बढेको थियो । आइतबार पनि सोही मूल्य निर्धारण गरिएको छ।

त्यस्तै आइतबारको लागि छापावाला सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रूपैयाँ तोकिएको छ । यो गत शुक्रबारको तुलनामा प्रतितोला एक हजार रूपैयाँले महँगो हो।

त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ तोकिएको छ। यो गत शुक्रबारको तुलनामा १५ रूपैयाँले महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *