चीनका पूर्वप्रधानमन्त्री ली को निधन

काठमाडौं। चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ।

शुक्रबार बिहान सांघाईमा हृदयाघातको कारण उनको निधन भएको चिनियाँ सञ्चार माध्यमले नजाएका छन्।

६८ वर्षीय ली चिनियाँ कम्युनिस्ट पार्टीको १७ औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यसमेत थिए।

लीलाई बिहीबार अचानक हृदयाघात भएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा स्थानीय समय अनुसार गए राति १२ः१० उनको मृत्यु भएको हो।

सन् २०१२ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ महाधिवेशनबाट महासचिव चयन भएसँगै सी चिनफिङ बेइजिङको मुख्य नेतृत्वमा उदाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *