आज बाँडफाँट गर्दै माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ

काठमाडाैं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँट गर्ने भएको छ।

धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ आईपीओ बाँडफाँट गर्न लागेको हो। सानिमा क्यापिटलको कार्यालयमा बिहान ९ः३० बजे बाँडफाँट गरिने कार्यक्रम छ।

कम्पनीले गते असोज १८ गतेदेखि असोज २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

सीडीएससीका अनुसार अन्तिम दिनसम्म यो आईपीओमा १२ लाख ४९ हजार १०७ आवेदकबाट १ करोड ३८ लाख ८० हजार ५९० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १०.८० गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *