एनआईसी एशिया लघुवित्तद्वारा लाभांश घोषणा

काठमाडौं । एनआईसी एशिया लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार साँझ ५ बजे बसेको संचालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजारको १५% अर्थात २६ करोड ९ लाख १६ हजार बराबरको नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा उक्त लाभांश वितरण हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *