डिजिटल कारोबार बढ्दै : एक वर्षमा १६.२४ प्रतिशतले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय माध्यममार्फत कारोबार गर्नेको संख्या बढ्दै गइरहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड १९ लाख ५७ हजार ६९२ पुगेको छ।

एक वर्षो अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १६.२४ प्रतिशतले बढेको छ । यो संख्या अघिल्लो आर्थिक वर्ष २०७८/७९ को भदौ मसान्तसम्म १ करोड ८८ लाख ८९ हजार ४३० थियो ।

यो अवधिमा मोबाइल बैंकिङमार्फत २ खर्ब ४२ अर्ब रुपैयाँ बढीको भुक्तानी भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी १ खर्ब ४६ अर्ब रुपैयाँ बढीको भएको थियो।

यसैगरी अघिल्लो वर्ष १७ लाख ६ हजार ९१ मात्र रहेको इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि १०.६७ प्रतिशतले बढेर १८ लाख ८८ हजार ३४५ पुगेको छ ।

यसैगरी चालु आर्थिक वर्षको भदौ मसान्तसम्म इन्टरनेट बैंकिङमार्फत १२ अर्ब ९५ करोड रुपैयाँ बढीको भुक्तानी भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी १२ अर्ब १९ करोड रुपैयाँ बढीको भएको थियो।

समीक्षा अवधिमा विभिन्न वाटेल र क्यूआरमार्फत हुने भुक्तानी क्रमशः २१ अर्ब ९ करोड रुपैयाँ र ३० अर्ब ५६ करोड रुपैयाँ बढीको भएको छ। अघिल्लो वर्ष यस्ता भुक्तानी क्रमशः १७ अर्ब ६३ करोड रुपैयाँ र १५ अर्ब २ करोड रुपैयाँ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *