नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता

पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारी र विद्यार्थीहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ सेवालीन पाउने भएका छन्। जसका लागि नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता गरेको छ।

विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक शिक्षक कर्मचारीहरुको तलबी खातामा बैंकले बचत निक्षेपहरुको उच्च ब्याजदर प्रदान गर्ने भएको बैंकले बताएको छ।

बैंकले निःशुल्क भिसा डेबिट कार्ड, मोबाइल इन्टरनेट बैंकिङ रजिष्ट्रेसन, लकर भाडामा २५ प्रतिशत छुट दिने बताएको छ। जुनसुकै कर्जा लिँदा सेवा शुल्कमा २५ प्रतिशत छुट, डिम्याट सीआस्वा मेरो सेयर रजिष्ट्रेसन पनि निःशुल्क दिइने बैंकले जानकारी दिएको छ।

बैंकले आवश्यकताअनुसार विश्वविद्यालय परिसरमा एटीएम मेसिनरबैंक काउन्टर शाखा स्थापना गरी सेवा दिन समेत तयार रहेको जनाएको छ। सम्झौतामा विश्वविद्यालयका रजिष्ट्रार डा.दीपकबहादुर भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गर्नुभएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *