कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा

कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप ३ स्थानमा शाखा विस्तार गरेको छ ।

बैंकले चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ०८ स्थित पर्सा बजारमा १३०औ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१औ र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२औ शाखा कार्यालय विस्तार गरेको हो ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकका यससँगै १३२ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *