इमर्जिङ्ग नेपालको ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज नेप्से मा सूचीकृत भएको छ । आज कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सर्वसाधारणमा वितरण गरिएको ५ लाख ५५ हजार ६०० कित्ता र कम्पनीका संस्थापकहरुले लागनी गरेको ५० लाख ४०० कित्ता शेयर गरी बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १०५ रुपैयाँ ११ पैसा र अधिकतम ३१५ रुपैयाँ ३३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार आइतबारदेखि दोस्रो बजारमा कारोबारमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *