आर्थिक वर्ष आव २०७८र७९ को सात महिनामा ३१ अर्ब भन्दा बढी विदेशी लगानीका १३६ उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङक अनुसार साउनदेखि माघ मसान्तसम्म ३१ अर्ब २० करोड १७ लाख रुपैयाँ विदेशी लगानीका उद्योग दर्ता गरेको हुन् । जसबाट ८ हजार ४४५ जनाले रोजगारी पाउने तथ्यांकमा रहेको छ ।
विभागको तथ्याङक अनुसार विदेशी लगानीमा दर्ता भएका १३६ उद्योगहरुमध्ये ११९ वटा उद्योगहरु काठमाडौं, भक्तपुर र ललितपुरमा रहेको उलेख छन् । यसरी तथ्याङक हेर्दा विदेशी लगानीका थुप्रै उद्योगहरु उपत्यकामा मात्र भएको देखिन्छन् ।
चालू आवको पहिलो महिनामा विदेशी लगानीका ३४ वटा उद्योगहरु दर्ता भएका विभागको तथ्याङक देखाउँछ । जसमध्ये ३१ वटा उद्योग काठमाडौं उपत्यकामै रहेका छन् । यी उद्योगमा ५ अर्ब ३८ करोड ८५ लाख रुपैयाँ विदेशी लगानी काठमाडौं उपत्यकामा भित्रिएको छ ।
चालू आवको भदौमा सर्वाधिक विदेशी लगानीका ४० वटा उद्योग दर्ता भएका छन् । जसको लगानी ६ अर्ब ३२ करोड ३ लाख रुपैयाँ रहेको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्र ३६ वटा उद्योग दर्ता भएका छन् । बाँकी उद्योग अन्य जिल्लामा खोल्ने प्रतिवद्धता गरिएको छ ।
विदेशी लगानीका ३४ वटा उदोग दर्ता भएको छन् । लगानी १२ अर्ब २१ करोड ४९ लाख रुपैयाँ रहेको छ । विदेशी लगानीमा दर्ता भएका उद्योगहरुमा २७ उद्योगहरू उपत्यकामा दर्ता भएका हुन् भने बाँकी उद्योग अन्य जिल्लाका लागि दार्ता गरेका हुन् ।
विभागको तथ्याङक अनुसार कात्तिक महिनामा उपत्यका लगायत कास्कीमा समेत गरी ९८ करोड रुपैयाँ विदेशी लगानीका ६ वटा, मंसिरमा ५ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानीका ५ वटा, पुसमा ६१ करोड २० लाख रुपैयाँ विदेशी लगानीका ६ वटा र माघमा ५३ करोड ९५ लाख रुपैयाँ विदेशी लगानीका ७ वटा उद्योग दर्ता भएका छन् । माघमा दर्ता भएका उद्योगहरू काठमाडौं र झापामा सञ्चालनमा आउने जनाएको छ ।