काठमाडौं । नेपाल बैंकको कामु सीईओको जिम्मेवारी समता पन्तले पाएकी छिन् । बैंक सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले पन्तलाई असोज १५ गतेदेखि लागू हुनेगरी कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । उ
बैंकका सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल गत असोज १४ गते समाप्त भएको थियो । सोही दिन बसेको सञ्चालक समितिको बैठकले सीईओ नियुक्त नभएसम्मका लागि पन्तलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
पन्त यसअघि नेपाल बैंकमा डीसीईओका रुपमा कार्यरत थिइन्। पन्त नेपाल बैंककै क्याडर हुन्। विसं. २०६१ सालमा उनी नेपाल बैंककै छैटौँ तहको कर्मचारीका रुपमा प्रवेश गरेकी थिइन्। तुलनात्मक रुपमा छोटो समयमै उनी नेपाल बैंकको डीसीईओ बन्न सफल भएकी महिला हुन्।






