पेट्रोलियम व्यवसायीले बन्द गरे ढुवानी

इन्धन बिक्रेताले पाउने कमिशन नबढेकोले पेट्रोलियम व्यवसायीहरुले इन्धन ढुवानी बन्द गरेको छन् ।

बिहिबार रातीबाट लागू हुनेगरी इन्धनको मूल्य बढाएपनि कमिशन नबढाएकोले पेट्रोलियम व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको हुन् ।

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बिक्रेता कमिसनको हिसाब नमिलेकाले इन्धन ढुवानीका लागि देशभरको पीडीओ जारी नभएको जनाएका छन् ।

बिक्रेताहरुले मूल्य वृद्धिको आधारमा प्रतिलिटर ३।१४ प्रतिशत कमिसन पाउँदै गरेका थिए । बिहीबार बढेको मूल्य अुनसार व्यवसायीले कमिशन पाउँदा प्रतिलिटरमा थप ०.१५ पैसा कमिशन पाउँथे ।

निगमले भने निजी पम्पहरुले इन्धन नउठाए वैकल्पिक माध्यमबाट भएपनि इन्धनको आपूर्ति सहज बनाइने दाबी गरेको छ ।

थानकोट डिपोबाट औसतमा दैनिक ७ सय देखि ८ सय किलोलिटर पेट्रोल र १ हजारदेखि ११ सय किलोलिटर डिजेल बिक्री हुने गरेको छ ।

तर, एक दिन मात्रै ढुवानीमा अवरोध हुँदा त्यसको असर बजार मागमा पर्ने र इन्धनको अभाव हुन सक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *