


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा माओवादी केन्द्र साेलुखुम्बु समन्वय कमिटी अध्यक्ष तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असीम राईको टोलीसँग मंगलबार भएको भेटमा मन्त्री किरातीले यस्ताे प्रतिबद्धता व्यक्त गरेका हुन् ।
भेटमा खुम्बुमा देखिएका समस्या र स्थानीयको गुनासोबारे मन्त्री किरातीलाई अवगत गराउँदै पर्यटकीय गन्तव्य खुम्बु क्षेत्रमा नेपाल एयरलाइन्सको उडान अवरुद्ध हुंँदा व्यवसाय खस्कंँदै गएकोले नियमित हवाइ उडानको प्रबन्ध मिलाउन र उडान नियमित नहुँदा फाप्लुमा रोकिएर रहेका विद्युत सामाग्री तत्काल ढुवानीका लागि आवश्यक व्यवस्थापनमा सहजीकरण गरिदिन संयोजक राईले अनुरोध गरेका छलफलमा सहभागी थुलुङ दुधकोशीका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।
जवाफमा मन्त्री किरातीले सबै विषयमा ध्यानाकर्षण भएको भन्दै एक साता भित्र फाप्लुको सामाग्री खुम्बु पुर्याउने गरि कार्य गर्न नेपाल एयरलाइन्सलाई निर्देशन दिएका छन् ।

अर्थ सन्जाल