


काठमाडौं । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साईले नजिकिरहेको नेपालीहरुको चाड दसैँ–तिहार २०८० लाई लक्षित गर्दै ‘यो दशैँ–तिहार, हरेक दिन टीभी उपहार’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । ग्राहकले यो योजनाको लाभ भदौ २७ गतेदेखि नेपालभरि सीमित अवधिका लागि उठाउन सक्नेछन्।
यो योजनाअन्तर्गत सेन्साई ब्रान्डका कुनै पनि सामानको खरिदपश्चात लक्की ड्रमार्फत ४० दिनसम्म ४० भाग्यशाली ग्राहकले प्रत्येक दिन सेन्साईको २४ इन्चको टीभी उपहार जित्न सक्नेछन्। सेन्साईका ग्राहकले आफूलाई यो लक्की ड्रमा सहभागी गराउन दिइएको क्युआर कोड स्क्यान गरेर प्राप्त भएको फोर्ममा नाम, ठेगाना, फोन नम्बर र खरिद गरिएको सामान तथा वारेन्टी कार्ड नम्बरजस्ता विवरण भर्नुपर्नेछ।
कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुविधा पनि प्रदान गरेको छ।
त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकले ‘सीजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउनेछन् ।
नेपालभर सेन्साई ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी ईओएल रहेको छ । सीजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, वसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, कीर्तिपुर, हात्तीगौँडा, त्रिपुरेश्वर, गट्ठाघर, टेकु, नयाँबजार र काठमाण्डौबाहिर बनेपा, पोखरा, इटहरी, हेटौँडा र भरतपुरमा रहेका छन्।

अर्थ सन्जाल