आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरूले यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्र मार्फत निस्शुल्क हवाई टिकट जित्ने मौका पाउनेछने ।
फाल्गुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी २ महिनासम्म ग्राहकहरुले नेपालका विभिन्न सुन्दर गन्तव्यहरूका लागि निस्शुल्क उडान टिकट पाउनेछन् ।
निस्शूल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अति महत्त्वपूर्ण स्थानहरू रहेका छन् । यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास लिइएको आइएमई पेले जनाएको छ ।
अफर अवधिभरी ४ जना भाग्यशाली विजेताहरु छानिनेछन् जसमध्ये हरेक विजेताले २ जनाको लागि प्रस्थान र आगमनको टिकट जित्नेछन् । भाग्यशाली विजेताहरुले उल्लेखित गन्तव्य मध्ये एउटा रोज्न पाउने कम्पनीले जनाएको छ ।