फोनपेको प्रमुख सञ्चालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसको प्रमुख सञ्चालन अधिकृत (सीओओ)मा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् ।

नवनियुक्त सीओओ ठकुरीसँग नबिल बैंकमा काम गरेको १८ वर्षभन्दा धेरै र कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव छ । यसका साथै उनीसँग सेल्स एण्ड मार्केटिङ्, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रको समेत ८ वर्षभन्दा बढिको अनुभव छ ।

उनको आगमनसँगै फोनपको सेवा थप सहज बनाउन सहयोग पग्ने एफवान सफ्ट ग्रुपको अध्यक्ष विश्वास ढकाल बताउँछन् ।

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजारभन्दा बढि मर्चेन्ट रहेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *