दमक । पछिल्लो समय पूर्वका दुई पालिकामा कार्यरत निजामती कर्मचारीहरुको नैतिक आचरण बिग्रिएको भन्दै सामाजिक रुपमा तिब्र आलोचना भयो । कानुनी रुपमा प्रशासनिक निकायबाट उनीहरुमाथी कुनै कारवाही भएको सार्वजनिक भएन । राष्ट्रसेवक निजामती कर्मचारीहरुलाई आचरण विपरीतका क्रियाकलाप गरेको अवस्थामा आन्तरिक रुपमा हुनुपर्ने कारवाही भएको बिषय बाहिर आए ।
दमक नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला र तत्कालिन माइजोमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईका अश्लिल क्रियाकलाप भनिएका परस्त्रीसँगको चुम्बनका दृश्यहरु बहिरिएपछि भएको खैलाबैलाका बीचमा दमकका अन्य दुई जना पात्रहरुको अश्लिल गतिबिधिका प्रमाणहरुका बिषयमा भने कुनै कारवाहीको बिषय बाहिर आएको छैन ।
उनीहरु समाजमा आफूलाई अझ उच्च तहको समाजसेवी, अभियान्ता र विशिष्ट कहलाउन लागि परेका देखिन्छ । कारोबारका हिसाबले र सामाजिक उत्तरदायित्व निर्वाह गरेका हिसाबले पूर्वमानै नाम कहलिएको दमकको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बुद्धिसागर बराल ( बिमल) ले एक महिलासँगको भिडियो संवादका क्रममा ति महिलाको गोप्य अंगहरु नियाल्दै आफनो लिंगनै देखाएर चाटेको अभिनय गरेको दृश्य बाहिरिएको झण्डै दुई महिना जति भइसकेको छ ।
उनको त्यो अश्लिल कृयाकलापको दृश्य बाहिरिएपछि उनी सम्बद्ध संस्थाहरुमा भित्र भित्रै निक्कै ठुलो खैलाबैला मच्चिएको छ ।
लायन्स क्लबमा समेत नेतृत्व गर्दै आफूलाई सामाजिक अभियान्ताको रुपमा चिनाउन प्रयासरत बरालको आचरण र व्यवहार भने आम मानिसहरुका लागि आलोचनाको बिषय बन्यो । उनलाई लायन्स क्लबको उपल्लो तहले आफनो जिम्मेवारीबाट नैतिकताको कारण देखाउँदै राजीनामा पनि गरायो तर वित्तीय क्षेत्रमा हजारौं सदस्यहरुको नेतृत्व गरेर सहकारीको अध्यक्षका रुपमा बसिरहेका बराल भने आफूलाई उच्च कोटीको अभियान्ताका रुपमा चिनाउँदै दलबलसहित सो संस्थाले गरेका सार्वजनिक कार्यक्रमहरुमा सहभागी मात्रै भएनन संस्थाले निम्ता गरेका विशिष्ट व्यक्तित्वहरुमाझ अध्यक्षता गरेर साधारण सभाहरु गरे ।
संस्थाका अध्यक्षको क्रियाकलाप ढाकछोप गर्ने प्रयास स्वरुप संस्थाले झापा , मोरङका ठाउँ ठाउँमा भएका संस्थाका इकाइगत साधारण सभाहरुमा ५० जना भन्दा बढी पत्रकारलाई बोलाएर केही नगद थमाएर पठायो ।
दमकमा एक जना नैतिक आचरण गुमाएका पत्रकारलाई त नगद राशीको पुरस्कार नै प्रदान गर्यो । यसअघि स्टार एफएममा कार्यरत रहँदा एफएममै एक जना अविवाहित युवतीको सिउँदोमा झुक्याएर सिन्दुर लगाउने असफल प्रयास गरेर बदनामी कमाएका पत्रकार मनकुमार गदाललाई नगद राशीसहित पुरस्कृत गर्यो। स्वर्णलक्ष्मीले पटक पटक समाजमा आचरण विपरितका क्रियाकलाप गर्ने महिलामाथि दुव्र्यवहारको घटनामा संलग्न पत्रकार गदाललाई पुरस्कृत गरेपछि अहिले सर्वत्र सो बिषयमा आलोचना भइरहेको छ ।
त्यसअघि एसएलसीको नक्कली सर्टिफिकेट बनाएर पत्रकार महासंघको सदस्य बनेकोमा पनि बिरोध भएको थियो । त्यतिमात्र होइन उनले त्यही सर्टिफिकेटको आधारमा सूचना विभागको परिचय पत्र र रेडियो नेपालमा समाचारदाताका रूपमा पनि काम गरेका थिए । पटक पटक विवादित बनेका गदालबाट सही र तथ्य समाचारको वकालत हुन्छ कि हुँदैन भन्ने दोधारमा झापावासी रहेका छन्
यस्तै अर्का पात्र देउकुमार नेम्वाङ उस्तै अश्लिल भिडियो बाहिरिएपछि समाजमा आलोचित बनेका पात्र हुन । उनी शुक्रबार मात्रै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । उनलाई माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका कोशी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री इन्द्र आङबो मौसमसहित नेताहरुले स्वागत गरेका छन् ।
यसअघि जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य भइसकेका नेम्वाङको अश्लिल हर्कतको भिडियो सामाजिक सञ्जालहरुमार्फत बाहिरिँदा नेपालमा थिएनन् । उनी पूर्वकै प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा रहेको दमक बहुमुखी क्याम्पसको सञ्चालक समितिमा पनि छन् । झण्डै एक बर्ष अघि आफनो अश्लिल भिडियो बाहिरिएपछि उनले पनि आफनो फेसबुक अकाउण्ट नयाँ खोलेर आफना गतिबिधिहरु बाहिर ल्याइरहेका छन ।
यो पनि
स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीका अध्यक्षकाे अश्लील भिडियाे सार्वजनिक
अर्थ सन्जाल