


काठमाडौं । सेयर बजारमा कायम रहेको १२ करोडको धितो कर्जाको सीमा हट्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच सोमबार भएको भेटमा १२ करोडको सीमा बढाउने विषयमा छलफल भएको हो ।
सेयरधितो कर्जामा १२ करोडको सीमा हटाउन गभर्नर सकारात्मक रहेको बुझिएको छ । हमाल र गभर्नरबीच भएको भेटमा पुँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्वीटीलगायत अन्य समसामयिक विषयमा छलफल भएको छ ।
हाल १२ करोड रहेको सेयर धितो कर्जाको सीमा व्यक्तिगततर्फ बढेर २० करोडसम्म पुग्न सक्ने राष्ट्र बैंक स्रोतले जनाएको छ ।
Artha Sanjal

अर्थ सन्जाल