मल्टीस्पेसियाल्टी क्लिनिक सञ्चालन हुँदै

अत्याधुनिक उपकरण सहितको ‘मल्टीस्पेसियाल्टी क्लिनिक’ सञ्चालनमा आउने भएको छ । नेपाल ल्याब हाउस गौशालाको केन्द्रमा अवस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाट प्राधिकार प्राप्त प्रयोगशालामा यहि फाल्गुण २२ बाट सञ्चालनबा आउने भएको हो ।

‘मल्टीस्पेसियाल्टी क्लिनिक बाट स्विकृती प्राप्त अत्याधुनिक मेसिन सहितको ल्याब तथा पोलिक्लिनिक हो । यस पोलीक्लिनिकमा प्रत्येक दिन २० भन्दा बढि विशेषज्ञ डाक्टर सहितको ओपिडी सेवा सञ्चालन हुनेछ ।

मधुमेह, थाइराइड, मुटु रोग, सामान्य चिकित्सा, तथा हर्मोन रोग, स्त्री तथा प्रसुती तथा नि सन्तान सेवा, मृगौला रोग, मानसिक रोग, मुत्र तथा पत्थरी रोग, सामान्य शल्यक्रिया, नाक कान तथा घाँटी रोग, कलेजो रोग, छाला तथा यौन रोग, हाड जोर्नी सेवा, नशा रोग, आँखा जाँच सेवा, बाल रोग, छाती रोग, दन्त रोग सेवा, रेडियोलोजी, तथा औषधी सेवा, खोप सेवा, बैदेशिक रोजगारमा जानेहरुको सम्पूर्ण स्वास्थ्य परिक्षण सेवा, होम सर्भिस लगायतका थुप्रै सेवाहरु यस क्लिनिकमा पाइनेछन् ।

नेपाल ल्याब हाउस संस्थागत रुपमै वरिष्ठ तथा ख्यातिप्राप्त रोग निदान विज्ञहरुबाट व्यबस्थित छ । जहाँ प्रयोगशालामा कार्यकलाप रोग निदान विज्ञान, जीवरसायक विज्ञान र सूक्ष्म जीव विज्ञानमा एमडी गरेकाहरुबाट सिधै सुपरीवेक्षण हुन्छ । प्रयोगशाला सम्बन्धी कार्यहरु अनुभवी तथा कुशल प्रयोगशाला प्राविधिक कर्मचारी तथा प्रशासनिक कर्मचारीहरुबाट सञ्चालित हुन्छन् ।

नेपाल ल्याब हाउसले अत्याधुनिक फार्मेशी सेवा, कुशल स्वस्थ्य स्याहार कर्मचारीमार्फत घर तथा सामुदायिक चिकित्सा स्याहार पनि उपलब्ध गराउँदैछ । यस यस पोलीक्लिनिकमा कोभिड(१९ का लागि आरटी पी.सी.आर, एन्टिजेन र एण्टीबडी जाँच पनि सञ्चालन गराएन्छ । साथै टी बी, एचआइभी एड्स, स्क्रब टाइफस, डेँगु र उद्भव भैरहेको अन्य रोगहरुका लागि पनि पीसीआर स्वाब घरघरमा गएर लिने योजनामा समेत रहेको बताएएको छ ।

सरकारी तथा गैरसरकारी संस्था जस्तैः बैंक तथा वितिय संस्था, बिमा कम्पनी, उधोग, शैक्षिक संस्था, निर्माण कम्पनी र जलशक्ति हाइड्रोपावर कम्पनीहरुलाई समेत संस्थापनात्मक स्वास्थ्य तथा निदानात्मक सेवा सुबिधाहरु समेत दिने गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *