निरन्तर रुपमा बढेको सुनको मुल्य आज घट्यो

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार पाँच रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३७५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १३८० रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *