सिद्धार्थ बैंकले वितरण गर्यो यो वर्षको १४.२५ प्रतिशत बोनस शेयर

सिद्धार्थ बैंक लिमिटेडले १४ दशमलव २५ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । बैंकले गत पुस ३० गते सम्पन्न २०औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा कारोबार योग्य बनाएपश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।

फागुन १५ गते दोस्रो बजारमा सूचीकृत गरिएको उक्त बोनस शेयर सोही दिनदेखि हितग्राही खातामा जम्मा गरिएको जानकारी बैंकले दिएको छ । बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १८ गते एक दिन बुक बन्द गरेको थियो ।

बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको बोनस शेयर पाएका हुन । पुस १८ गते अघिका तीन दिन भने धितोपत्र दोस्रो बजारमा कारोबार भएको थिएन । बैंकको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *