थप १२७ जनामा कोरोना संक्रमित,३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा १२७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १२३ जना र एन्टिजन परिक्षण गर्दा ४ जना गरि जम्मा १२७ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ३२१ जना कोरोनामुक्त भएका छन् ।

नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ३  छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९४१ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *