नेप्सेमा ६३.९८ अंकको गिरावट, ३ अर्ब ६२ करोड ११ लाख कारोबार

आज नेप्से ६३.९८ अंकले घटेर दुई हजार ५ सय ४६ दशमलब ६० विन्दुमा रोकिएको हो । आज ३ अर्ब ६२ करोड ११ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमा १८८ वटा कम्पनी घटेका छन् भने ३ वटा कम्पनी मात्रै बढेका छन् । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।

आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १६ करोड १८ लाख भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *