काठमाडौं । तेस्रो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ आयोजना हुने भएको छ । आगामी चैत्र १८ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ हुने भएको हो ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इपान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीले सयुक्तरुपमा यस एक्स्पोको आयोजना गर्न लागेका हुन् । भारतीय राजदुतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका उर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बिचमा पारस्परिक सहयोग र सहकार्यमा समेत सहजता आउने अपेक्षा गरिएको छ । यसबाट नेपालको जलविद्युतको बजार र व्यापार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको थप अवसर उजागर हुने भन्ने विश्वास गरेका छन् ।
जलविद्युत प्रवर्द्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बिमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहने छन् ।