हुम्लामा लामो दूरीका यातायातका लागि नयाँ भाडादर निर्धारण

हुम्ला । हुम्लामा यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ । हुम्लामा रुड कायम तथा कच्ची सडकमा सञ्चालन हुँदै आएको भाडादरमा एकरुपता कायम गर्न जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निर्णय गरेकोे हो । प्रशासन कार्यालय हुम्लाले जिल्लाभरका सबै सडकमा चल्ने यातायात साधनको भाडादर कायम गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा जनप्रतिनिधि, नागरिक समाज, व्यवसायिक संस्थालगायतकाको उपस्थतिमा बसेको बैठकले सडक सञ्जालसँग नजोडिएको हुम्लामा बाटो इजाजत पत्र बिना गाडी सञ्चालन भइरहेको र मनपरी भाडा असुल्ने कार्य भएको भन्दै सो निर्णय गरेको हो ।

सोमबार बसेको बैठकले जिल्लाको तल्लो क्षेत्रमा प्रति किलोमिटर ८ रुपैयाँ र माथिल्लो क्षेत्रमा १० रुपैयाँ भाडादर कायम गरेको छ । अदानचुलीको गल्फागाड देखी श्रीनगर बजार सम्म ८०, ताँजाकोटको कवाडीदेखि मैला–छपे्रला–चाखुरेसम्म ८८, पैमा देखि सिरुपाटा–गोठेलवाडासम्म ८८ र लयाटा–काडागाउँसम्म ५६ रुपैयाँ निर्धारण गरिएको छ । यस्तै छप्रेलादेखि नैकालासम्म ३२, खच्चादेखि भुज्माधारासम्म ४०, सरिसल्ला मैला कवाडी ३१२, सरिसल्ला पिप्पलाङ ४०, लोती मुगु सिमानासम्म २१६ तथा सरिसल्ला–सर्केगाड ८० रुपैयाँ कायम गरिएको छ ।

यसैगरी माथिल्लो भेगको खार्पुनाथ–खर्पेलगाउ ६०, खार्पुनाथ–बोक्चेगौडा ४०, खार्पुनाथ– सिमकोट १२०, सिमकोट– लिमाटाङ रलिग १५०, सिमकोट–बरागाउँ, ठेहे, दोजाम २२०, सिमकोट– हेप्का १७०, सल्ली–लिमी ५५०, ट्याक्ची–हल्जी १५० रुपैयाँ कायम भएको छ । त्यस्तै सिमकोट–औलधिगा १५०, सिमकोट–लेखधिगा २२०, सिमकोट– लेगधिगा–लिमिलाप्चा ९०० र सिमकोट हिल्सा ९५० भाडादर कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *