एशियन लाईफले वितरण गर्यो नगद लाभांश

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको लागि पारित गरेको कर समेत २ प्रतिशत नगद लाभांश वितरण गरिएको छ । कम्पनीले गत माघ २१ गते सम्पन्न १३औं वार्षिक साधारण सभामार्फत पारित गरेको उक्त नगद लाभांश माघ ११ गतेसम्म आफ्नो बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामै नगद जम्मा गरेको हो ।

यस वर्ष कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७६र७७ सम्मको सञ्चित मुनाफाबाट नगद लाभांशसँगै २५ प्रतिशत बोनस शेयर समेत वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात वितरण हुनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू २ अर्ब १ करोड ७ लाख ६० हजारको आधारमा यस वर्ष २७ प्रतिशत लाभांश वितरण गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *