अर्थ सन्जाल
६ आश्विन २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
६ आश्विन २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

मन्दिरको जग्गा हडप्ने ताम्राकार कम्प्लेक्स्का मालिकलाई वडाध्यक्षकै ढाडस, ३४ कम्प्लेक्सबाट अवैध असुली

  • अर्थ सन्जाल
  • २९ श्रावण २०८०, सोमबार २०:३८


काठमाडौँ । पछिल्लो समय सार्वजनिक सम्पत्ति हराउँदै र मासिँदै  गएका प्रसस्तै भेटिन्छन् । अझ शहरी इलाकामा खुलेआम सरोकारवाल निकायकै संरक्षणमा सार्वजनिक सम्पत्ति,पुरातात्त्विक सम्पदा, मठ मन्दिर हडपेर माफियाहरुले कब्जा जमाउने र बिस्तारै व्यापारिक केन्द्र बनाएर अड्डा जमाउँदै आएका उदाहरण प्रसस्तै छन् ।यस्ता गलत क्रियाकलापका विरुद्ध  स्थानीय निकायले सरकारी सम्पत्तीको खोजीनीति गरी संरक्षण गर्नुपर्ने हो । तर बिडम्बना उल्टै पैसा र पावको प्रलोभनमा तिनै माफियाहरुसँग साँठगाँठ मिलाएर रकम कुम्ल्याएपछि माफियाहरुको मनोबल झनै उच्च हुने गरेको छ ।

हो, त्यस्तै भएको छ न्यूरोडमा रहेको ताम्राकार ‘कम्प्लेक्समा । कम्प्लेक्सले लामो समयदेखि  सरकारी जग्गा अतिक्रमण गरी मन्दीरनै सटरभित्र पारेर मंहगो भाडामा लगाउँदै आएको भएपनि महानगरपालिकाको ध्यान भने पुग्न सकेको छैन । अर्थ सञ्जालले काठमाडौंको न्यूरोडस्थित राधाकृष्ण मन्दिरको जग्गा हडपेर ताम्राकार कम्प्लेक्स बनाइएकोबारे वडा कार्यालय समक्ष जानकारी गराउँदा समेत वडा कार्यालयले समेत चासो नदिई उल्टै कम्प्लेक्सका मालिक प्रदिपरत्न ताम्राकारसँग मिलेमतो गरेको बुझिएको छ ।

यता स्थानीयहरूले उक्त मन्दिर धार्मिक मात्रै नभएर पुरातात्विक सम्पदा भएपनि व्यापारिक साँठगाँठका आधारमा ताम्राकारले बलमिच्याइँ गरेर कम्लेक्स खडा गरेको बताउँदै आएका छन् । शुरुमा ३ आना २ पैसा ३ दाम क्षेत्रफलमा बनेको मन्दिर अहिले आइपुग्दा घटेर ३ आनाभन्दा पनि कम क्षेत्रफलमा रहेको छ ।

कम्प्लेक्सका मालिक प्रदिपरत्न ताम्राकारले मन्दिरको जग्गा हडपेर भवन बनाएको नापी विभागबाट प्राप्त नक्सा हेर्दा प्रष्ट हुन्छ ।अर्थसन्जालाई उपलब्ध नक्सा तथा फिल्डबुकमा मन्दिरको जग्गा ३ आना २ पैसा ३ दाम तोकिएको छ । तर त्यहाँ पुगेर हेर्दा मन्दिर सो क्षेत्रफलमा बनेको देखिँदैन । वरपर मोबाइल पसल छन् । जसले मन्दिरलाई चारैतिरबाट घेरेका छन् ।

न्यूरोड एरियाका ३४ वटा व्यापारिक कम्प्लेक्सबाट वडाअध्यक्षको अवैध असुली

उक्त क्षेत्रमा ताम्राकार कम्प्लेक्स मात्रै नभई रणमुक्तेश्वर, न्यूरोड पिपलबोट, खिचापोखरी आसपास र संकटा मन्दीरले चर्चेको जग्गाहरुमा समेत सम्वन्धीत वडा नं २२ का वडाअध्यक्ष चिनकाजी महर्जनले पारिवारिक समिति गठन गर्दै मन्दिरले चर्चेको जग्गालाई भाडामा लगाई अवैध असुली गरेको स्थानीय बासिन्दाहरुको दाबी रहेको छ ।

त्यति मात्र नभई सो वडा भित्र रहेका ३४ वटा व्यापारिक कम्प्लेक्समा समेत उनकै योजनामा कम भाडादर कायम गरि किर्ते कागजात बनाउन लगाएर राजश्व छली गर्दै कम्प्लेक्स सञ्चालकसंग मासिक लाखौ रुपैयाँ व्यक्तीगत रुपमा असुली गर्दै आएको एक पसल सञ्चालकले बताए ।

यस विषयमा काठमाडौं महानगरपालिका वडा नं २२ का वडाध्यक्ष चिनकाजी महर्जनसँग कुरा गर्दा आफुले कुनै गैरकानूनी काम नगरेको र आवश्यक परे नापी गराएर अगाडि बढ्न सुझाव दिए ।सोही अनुरुप हामीले प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा काठमाडौँ महानगर र नापी विभागलाई नापी गरिदिन पत्राचार गरिसकेको छ ।

मन्दिरमा नियमित पूजापाठ समेत हुन पाएन

कम्प्लेक्स्का मालिक प्रदीप ताम्राकारको रवाफकै कारण राधाकृष्ण मन्दिरमा अहिले नियमित पूजापाठ पनि हुन दिइएको छैन । मन्दिरको जग्गा मासेर कम्प्लेक्स खोलेका ताम्राकारले मन्दिरलाई नै सटर भित्र थुनेर राख्ने गरेका छन् । यसका साथै कम्प्लेक्सले २ पैसामा बनेको पुरानो इनार पनि मासेको पाइएको छ । नापी विभागद्वारा उपलब्ध फिल्डबुकमा इनार प्रष्ट रुपमा खुलाइएपनि त्यहाँ न त इनार नै छ न त इनारको खाली जग्गा नै ।

 

यस विषयमा ताम्राकारसँग कुरा गर्दा ‘मेरो जग्गा मसँगै छ बाँकी कुरा मलाई थाहा छैन् मैले गुठीसँग लिएको हो गुठीलाई सोध्नुस’ भन्ने जवाफ दिए । यस विषयमा त्यहाँका स्थानीयसँग कुरा गर्दा पहिला पनि यस विषयमा विवाद उत्पन्न भएको र ताम्राकारले हरेक पल्ट पैसा दिएर सामसुम बनाउने गरेको बताए ।

वडाध्यक्ष मर्हजन ताम्राकार कम्प्लेक्सका पूर्व मेनेजर

त्यसो त काठमाडौँ महानगरपालिका वडा नं २२का हालका वडाध्यक्ष चिनकाजी मर्हजन ताम्राकार कम्प्लेक्समा वडाअध्यक्ष हुनुअघि कम्प्लेक्स्का मेनेजर रहेका थिए । अहिले उनले आफुनै भाञ्जालाई सो पदमा नियुक्त गर्न लगाई राधाकृष्ण मन्दीरको जग्गा कम्प्लेक्सले प्रयोग गरे वापतको भाडा भाञ्जा मार्फत असुल्दै आएको दाबी स्थानीयको रहेको छ ।

नाम नबताउने शर्तमा उक्त क्षेत्रमा लामो समयदेखि पसल सञ्चालन गर्दै आएका पसल सञ्चालकले पहिलेदेखि नै जग्गाबारे विवाद रहेपनि पैसाको आडमा वडाअध्यक्षकै पहलमा विवाद मिलाउँदै आएको बताए ।

ताम्राकार कम्प्लेक्सले मिचेको सार्वजनिक जग्गाबारे थप फलोअपसहितको सामाग्री हामी अर्को  रिपोर्टमा  प्रस्तुत गर्नेछौँ ।

Artha Sanjal
मिती : २९ श्रावण २०८०, सोमबार २०:३८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह

ताजा समाचार

  1. एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै
  2. ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)
  3. नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी
  4. कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  5. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
  6. माइडियाले ल्यायो दशैँ तिहार अफर
  7. सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर गर्न अस्वीकार

विजनेश फोकस

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन नि...

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

पोखराको चिप्लेढुंगामा मुक्तिनाथ क्यापिटलको शाखा

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.