सानिमा बैंकले सोमबार काभ्रेको पाँचखालस्थित तामाघाटमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालयको समुद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले एक कार्यक्रमकाबीच गरेका छन् ।
पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले पाँचखालको तामाघाटमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १०४ वटा एटिएम संचालनमा रहेका छन् ।