माछापुच्छ्रे बैंकलाई कर्पोरेट क्रिकेटको उपाधि

कर्पोरेटबीच क्रिकेट २०७८ को उपाधि माछापुच्छ्रे बैंकले जितेको छ।

त्रिशूलीको रिभरसाइड स्प्रिङ रिसोर्टमा सम्पन्न उक्त प्रतियोतिामा ८ कर्पोरेट टिमको सहभागिता थियो। कर्पोरेट बिच क्रिकेटको फाइनल खेलमा माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई ं९४ रनले हराएको हो। फाइनल खेलमा १२० रनको लक्ष्य दिएको माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई जम्मा २६ रनमा अलआउट गर्दै प्रतियोगिताको उपाधि जितेको हो।

माछापुच्छ्रे बैंकले नियमित कामको अतिरिक्त कर्मचारीको इच्छाअनुसार अन्य क्रियाकलापहरुमा संलग्न गराई उनीहरुको वृत्तिविकासमा ध्यान दिँदै आएको छ।

बैंकको विस्तारित व्यवसाय, स्तरीय सक्षम व्यवस्थापन, कर्मचारीहरुको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रिपूर्ण वातावरणलगायतका मुख्य मापदण्डका तत्वहरुले गर्दा माछापुच्छ्रे बैंक बैंकिङ क्षेत्रमा अब्बल, आकर्षक साथै अनुपालन बैंकका रुपमा समेत स्थापित बैंक मानिन्छ।

बैंकले नेपाल राज्यभर उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउन्टर, २०० एटीम र १५७ शाखारहित बैंकिङ सुविधामार्फत सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकमा १ हजार ५०० भन्दा बढी कर्मचारी कार्यरत छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *