अर्थ सन्जाल
९ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
९ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

पावर लगाएर काजमा जान्छन् प्राध्यापक,सहप्राध्यापक: चिकित्सा शास्त्रमा विद्यार्थी पढाउनै सकस

  • अर्थ सन्जाल
  • २६ असार २०८०, मंगलवार ०८:३६


काठमाडौं । चिकित्सा शिक्षा अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई अध्ययापन गराउने लेक्चर, सह–प्राध्यापक, प्राध्यापकलाई काजमा अन्य ठाउँमा खटाउँदा विद्यार्थीहरुको पढाईमा गम्भीर असर गरेको पाइएको छ ।

गएको चार वर्ष अघि महाराजगञ्ज मेडिकल कलेजमा अध्यापन गराउने सह–प्राध्यापक डा. प्रदीप ज्ञवालीलाई नेपाल स्वास्थ्य अनुसन्धान गरिषदमा सदस्य सचिव बनाएर खटाइयो । उनले लिएको जिम्मेवारी लिने व्यक्ति मेडिकल क्याम्पसमा भर्ना गर्न पाइने अवस्था छैन । जनशक्तिको कमीकै कारण उनको ठाउँमा जिम्मेवारी लिने व्यक्ति भेटिन्नन् । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिन कार्यालयबाट उनलाई मेडिकल स्वास्थ्य अनुसन्धान परिषदमा काजमा खटाउन नसकिने राय सहितको पत्र त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा पनि गयो ।

त्यस्तै यो विषयबारे स्वास्थ्य मन्त्रालयलाई पनि जानकारी गराइयो । तर महाराजगञ्ज चिकित्सा शास्त्र अध्ययन संस्थानमा सह–प्राध्यापक पदका कार्यरत डा. प्रदीप ज्ञवालीले पावर लगाएरै नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा जिम्मेवारी लिए । तत्लकालीन डिन डाक्टर जगदिश अग्रवालसँग महाराजगञ्ज चिकित्सा क्याम्पसमा प्राध्यापकको जिम्मेवारी सम्हालेका प्राध्यापक, सह–प्राध्यापकहरुलाई कहिले कताको डिन त कहिले सरकारी तथा गैह्र सरकारी निकायको काजमा खटाउँदा विद्यार्थीलाई पढाउन निक्कै सकस भएको अनुभव छ ।

‘हाम्रोमा चाहिँ यदि एउटा मात्रै जनशक्ति डिपार्टमेन्टबाट हटायो भने पठनपाठनमा ठूलो असर गर्छ । चिकित्सा शिक्षाले सिट निर्धारण गर्ने र पठान पाठनका लागि पठाउने गर्छ’, डा. अग्रवालले भने, ‘तत्कालीन समयमा म डिन हुँदा एउटा डिपार्टमेन्टबाट तीनजनासम्म अध्यापन गराउने जनशक्तिलाई अन्यत्र काजमा खटाउँदा पठनपाठन प्यारालाइज नै भयो । यसको मैले शोधभर्ना पनि पाइँन ।’ त्यतिबेला लेक्चरको जिम्मेवारी लिएकी डा. सरस्वतीकुमारी गौतमलाई कर्णालीको डीन बनाएर पठाइएको थियो । उनको जिम्मेवारी नर्सिङको थियो । उनी गएपछि नर्सिङ फ्याकल्टीलाई समस्या पर्यो ।

त्यस्तै डा. बालमकुन्द रेग्मी फार्मेसी क्षेत्रका थिए । उनलाई चाइनिज कन्फ्युसियस सेन्टरमा काजमा पुर्याइयो । त्यतिबेला फार्मेसी फ्याकल्टी अध्यापन गराउन समस्या आयो । त्यस्तै डा. प्रदीप ज्ञवालीलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा सदस्य सचिवको रुपमा खटाइयो । उनले लिने जिम्मेवारी दिन उपयुक्त जनशक्ति चिकित्सा शास्त्र अध्ययन संस्थानसँग पनि तत्काल उपलब्ध थिएन । तर उनीहरु अध्यापन कार्यमा रहेका बेला उनीहरुले पढाउने गरी विद्यार्थी भर्ना भने गराइएको थियो । तर काजमा उनीहरु अन्त गएपछि विद्यार्थीहरुको पठन पाठनमा भने निकै ठूलो चुनौति थपियो. । यतातिर न त त्रिभुवन विश्वविद्यालयले ध्यान दिएको देखिन्छ, न त शिक्षा तथा स्वास्थ्य मन्त्रालयको ध्यान गएको देखिन्छ । बरु काजमा नखटाइदिन अनुरोध गरेर डिनले लेखेको चिठ्ठी नै त्रिविले थन्क्याइदियो ।

चिकित्सा शास्त्र अध्ययन संस्थानको तत्कालीन डिन रहेका डाक्टर जगदिश अग्रवालले प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय, त्रिवि उपकुलपतिको कार्यालयलाई प्राध्यापक, सहप्राध्यापकहरुलाई काजमा अन्त खटाउँदा पढाउने व्यक्ति नहुने र विद्यार्थीमाथि गम्भीर असर पर्ने भन्दै पत्र पठाएका थिए । उनले उपकुलपतिको कार्यालय मार्फत पठाएको चिठ्ठी उतै कतै अल्झियो तर त्यसको सुनुवाई हुन सकेन । बरु डिनको भन्दा काज चाहने प्राध्यापक तथा सहप्राध्यापकहरुको पावरले काम गर्यो । उनीहरुले जे जसरी काज चाहेका थिए त्यसै गरी काम भयो ।

वि.स. २०७६/११/२७ मा १६०३ चलानी नम्बरको चिठ्ठीमा डाक्टर राजेन्द्रराज वाग्ले, डा. सरस्वतीकुमारी गौतम, डा. रमेश आचार्य, डा. संघरत्न बज्राचार्य, र डा. बालमकुन्द रेग्मीको काज सरुवा नगर्न त्रिविका तत्कालीन उपकुलपतिलाई तत्कालीन आइओएमका डीन डा. अग्रवालले चिठ्ठी नै पठाएका थिए । तर डिनको भन्दा उनीहरुको पावर बढी देखियो । यस्ता जनशक्ति पनि भत्ता तथा गाडीको लोभमा काज सरुवामा खुशी हुने देखिएको छ । प्राध्यापक पेसामा भत्ता र गाडीको सुविधा नपुग भएको जसरी उनीहरु काजमा जान रुचाएको देखिन्छ । कुनै ठाउँमा भने राजनीतिक स्वार्थका कारण काजमा सरुवा गराइदिने प्रचलन पनि रहेको छ । यसरी जनशक्ति अन्य ठाउँमा काजमा खटाउँदा पठनपाठन नै प्रभावित हुने गरेको छ ।

तत्कालीन डिन अग्रवालले २०७६/०७७ को अवस्था सम्झदै भने, ‘मेरो भनाइ के थियो भने यस्तो खटाउनु हुँदैन । त्यतिबेला डा. रमेश आचार्यलाई मेडिकल एजुकेशन डिपार्टमेन्टमा पठाइसकिएको थियो । त्यसकारण उहाँका नामबाट लिने दुईवटा जीपीका विद्यार्थी हामीले लिन पाएनौं । सघरत्न बर्जाचार्यको नामबाट लिने एमडी फर्माक्लोजीको विषयमा विद्यार्थी भर्ना लिन पाएनौं । र, उनीहरुकै नामबाट भर्ना लिएका विद्यार्थीहरुलाई कसले पठनपाठन गर्दिने ? फ्याकल्टिको लिमिटेड नम्बर हुन्छ । त्यहाँ अब कसले पठनपाठन गर्दिने भनेर त्रिविलाई चिठ्ठी पठायौं । बिरोध नै गर्यौं । प्राज्ञिक संस्थाहरुमा काजमा सरुवा गराउनु सरसरी मुर्खता हो ।’

डा. अग्रवालले त्रिविको उपकुलपतिदेखि शिक्षा, स्वास्थ्य मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयसम्म पठनपाठनमा संलग्न प्राध्यापकहरुलाई अन्त नखटाउन अनुरोध गर्दै पत्र समेत पठाएको पाइयो । उनले ‘पठनपाठनमा यहाँका अध्यापन गर्ने फ्याकल्टी मेम्बरलाई पठाउँदा समस्या हुने भएकाले यहाँका अधिकारीहरुलाई नखटाइदिनु’ भनेरै चलानी नम्बर १७६ राखेको चिठ्ठी २०७७/२/९ मा चिकित्सा शिक्षा आयोगसमेतलाई पठाएको पाइएको छ ।

तर डिनको भन्दा धेरै पावर भएका प्राध्यापन गर्ने व्यक्तिहरु नै काजमा सरुवा हुन सफल भएको देखिन्छ । राजनीतिक दलले समेत चिकित्सा शिक्षाको यस्तो काज व्यवस्थामा गम्भीर नभएको पाइएको छ । चिकित्सा शिक्षा आयोग, त्रिवि, स्वास्थ्य मन्त्रालय तथा शिक्षा मन्त्रालयसमेतले यस्तो विषयमा ध्यान नदिएको पाइएको हो ।

Artha Sanjal
मिती : २६ असार २०८०, मंगलवार ०८:३६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर शाहको आग्रह

यो सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने सम्भावना छैन : उपाध्यक्ष पौडेल

साल्ट ट्रेडिङ कम्पनीमा कालाे ब्यानर टाँसेर कर्मचारीहरुकाे बिराेध सुरु

दुई बिरामीको एकै पटक मिर्गौला प्रत्यारोपण गर्न सुमेरु अस्पताल सफल

ताजा समाचार

  1. स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर शाहको आग्रह
  2. यो सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने सम्भावना छैन : उपाध्यक्ष पौडेल
  3. साल्ट ट्रेडिङ कम्पनीमा कालाे ब्यानर टाँसेर कर्मचारीहरुकाे बिराेध सुरु
  4. दुई बिरामीको एकै पटक मिर्गौला प्रत्यारोपण गर्न सुमेरु अस्पताल सफल
  5. ॐ हस्पिटलमा माछापुछ्रे बैंकका कर्मचारी र कार्डहोल्डरलाई विशेष छुट
  6. ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक
  7. सुष्मिता र दियाले जिते मिस एण्ड मिसेस युनिभर्सलको ताज

विजनेश फोकस

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

इन्द्रजात्राको दिन पनि कृषि विकास बैंकको यी शाख...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.