अर्थ सन्जाल
१६ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

स्मार्ट क्यूआर र नेपालपे क्यूआरबीच अन्तरआबद्धताको सुरुआत

  • अर्थ सन्जाल
  • २५ असार २०८०, सोमबार १४:४२


काठमाडौं । नेपालपे क्यूआर र स्मार्ट क्यूआरबीच क्यूआर भुक्तानीका लागि नेटवर्क लेभलको अन्तरआबद्धता सुरु भएको छ।

योसँगै नेपालपे क्यूआरमा आबद्ध भएका मोबाइल बैंकिङ, वालेट तथा कनेक्टआईपीएसका प्रयोगकर्ताले स्मार्ट क्यूआरको मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। त्यसैगरी स्मार्ट क्यूआरमा आबद्ध भएका मोबाइल बैंकिङ र वालेटका प्रयोगकर्ताले नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। स्मार्ट च्वाइस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, नेपाल क्लियरिङ हाउस का प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानलगायत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र विभिन्न मिडियाका सञ्चारकमीहरुको उपस्थितिमा आइतबार काठमाण्डौमा आयोजित एक औपचारिक कार्यक्रममा यी सेवा संयुक्त रुपमा सार्वजनिक भएको घोषणा गरिएको हो।

एनसीएचएल र एससीटीको क्यूआर नेटवर्कबीच क्यूआर भुक्तानीलाई समर्थन र प्रवर्द्धन गर्न नेटवर्क लेभलको अन्तरआबद्धता भएको छ। यस अन्तरआबद्धतापश्चात ग्राहक र मर्चेन्टहरुले भुक्तानीका लागि निश्चित क्युआर खोजिराख्नुपर्दैन। दुवै नेटर्वकका इस्युइङ एप र मर्चेन्ट क्यूआरले काम गर्नेछ।

दुवै नेपालपे क्यूआर स्मार्ट क्यूआर र स्मार्ट क्यूआरको क्यूआर भुक्तानी हाल माच्छापुच्छ्रे बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, एभरेस्ट बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक, कामनासेवा विकास बैंक, गरिमा विकास बैंक, आईसीएफसी फाइनान्स, आइएमई पेस, खल्ती, प्रभु पे, हाम्रो पे, सेलपे, ए–क्यास, आई–क्यास, पेवेललगायतका वालेट तथा कनेक्टआईपीएसबाट स्क्यान गरी भुक्तानी गर्न सकिन्छ। यसका साथै अन्य बैंक तथा वित्तीय संरथा र वालेट पनि चाँडै थपिनेछन्।

नेपालपे क्यूआरमा हाल २७ भन्दा बढी बैंक तथा वित्तीय संस्था र ३ भुक्तानी सेवा प्रदायकले क्यूआर मर्चेन्ट इन्रोलमेन्ट सेवामा उपलब्ध गराइरहेका छन् भने २५ भन्दा बढी बैंक तथा वित्तीय संरथाका मोबाइल बैंकिङ र ९ वटा भुक्तानी सेवा प्रदायकको वालेटबाट नेपालपे क्यूआरस्क्यान गरी भुक्तानी गर्न सकिन्छ।

त्यस्तै स्मार्ट क्यूआर नेटवर्कमा ६ भन्दा बढी बैंक तथा वित्तीय संस्था र ९ डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायक आवद्ध छन्। स्मार्ट कयूआर र नेपालपे क्यूआरको नेटवर्कमा क्रमशः २ लाख ५० हजार र ३ लाख ५० हजार क्यूआर मर्चेन्टहरु छन्। जसअनुसार समग्रमा ६ लाखभन्दा बढी मर्चेन्टको पहुँच हुनेछ। यी क्यूआर इन्डिपेन्डेन्ट क्यूआरका रुपमा मर्चेन्टहरुको बिलिङ प्रणाली वा पीओएस डिभाइस वाइकर्मस पोर्टलको पेमेन्ट गेटवेमा, फिजिकल क्यूआर वा डाइनामिक क्यूआरका रुपमा उपलब्ध रहेका छन्।

नेपाल राष्ट्र बैंकले जारी गरेको नेपाल क्यूआर मापदण्डबमोजिम एनपीएसअन्तर्गतको रिटेल पेमेन्ट स्विचअन्तर्गत उक्त क्यूआर अन्तरआबद्धताको कार्यान्वयन गरिएको हो। इस्युइङ एप, मर्चेन्ट तथा इन्टरनेटर्वक लेभलमा क्यूआर अन्तरआवद्धताले क्यूआर भुक्तानी वृद्धि गर्नका साथै ग्राहकलाई कारोबार गर्न थपसहजहुने विश्वास गरिएको छ।

Artha Sanjal
मिती : २५ असार २०८०, सोमबार १४:४२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

युवासन्त श्रीनिवासाआचार्य पक्राउ

पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता

नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव

एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

ताजा समाचार

  1. युवासन्त श्रीनिवासाआचार्य पक्राउ
  2. पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता
  3. नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव
  4. एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट
  5. नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावना रहेको एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदाको भनाई
  6. महँगी र बेथितिविरुद्ध संसद्‍मा सांसदको प्रश्नै–प्रश्न
  7. बझाङ केन्द्रबिन्दु बनाएर लगातार ४ रेक्टरमाथिका ६ वटा भूकम्प

विजनेश फोकस

ठमेलकाे गामबेंसी दोहोरी साँझमा म्याद नाघेकाे बि...

सामसङको चाडपर्व अफर : समान खरिदमा ४१ प्रतिशतसम्...

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित ग...

सेन्साईको दसैँ-तिहार योजना : कुनै पनि सामान किन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.