अर्थ सन्जाल
१० आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१० आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२

  • अर्थ सन्जाल
  • २५ असार २०८०, सोमबार १४:२६


काठमाडौं ।  बैंकिङ क्षेत्रमा महत्वपूर्ण मानिने इमर्जिङ एशिया बैंकिङ अवार्ड २०२२ को सम्मान शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्राप्त गरेको छ। बैंकिङ प्रकृया र नवीनतम वित्तीय सेवाहरूको प्रदानमा अत्याधिक महत्व साथै बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट हुँदै अवार्ड प्राप्त गरेको हो ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक केहि समय पहिले मात्र राष्ट्रियस्तरको विकास बैंक बनेको हो । ग्रामीणमुखी बैंकिङलाई महत्त्व दिँदै वित्तीय सेवा दिँदै आएको बैंकले क्षेत्रिय स्तरको विकास बैंक मर्जर तथा एक्विजेशन हुँदै राष्ट्रियस्तरको विकास बैंक बनेको हो । बैंकको व्यवस्थापनको नेतृत्व स्थापनाकालदेखि नै प्रकाश पौडेलले गरेका छन् । पौडेलकै नेतृत्वमा बैंक राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको हो । सिइओ पौडेलको नेतृत्वमा व्यवसायको गुणात्मक तथा परिमाणात्मक दुवै पक्षको विकासमा आक्रामक ढंगले फैलिरहेको शाइन रेसुंगा बैंकले यसपटक भने इमर्जिङ एशिया बैंकिङ अवार्ड प्राप्त गरेको हो । यस अवार्डले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सफलताका लागि सबैलाई प्रेरणा पुर्ण गरेको छ।

इण्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र नेपाल गरी ६ देशका बैंक तथा वित्तीय संस्थाहरुले अवार्डका लागि आवेदन दिएका थिए।

अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो। जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी, सञ्चालन खर्च, कर पछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानीलगायतका सूचकहरुमा उत्कृष्ट भएको थियो।

यस अवार्डले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको निवेश, आर्थिक संरचना, उत्पाद र सेवाहरूको उत्कृष्टता, बैंकिङ प्रक्रिया र तात्कालिन वित्तीय सेवाहरूका क्षेत्रमा अग्रगामीता र सशक्तता स्थापित गर्न सहयोग गरेको छ। यससँगै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अद्यावधिक औद्योगिक वित्तीय सेवाहरू, तात्कालिन अनुदानको उपलब्धता, र पूर्वाधारमा जानेका सूचनाहरूको शुद्धता पनि बढाउने गरेको थियो।

बैंकले गत वर्ष न्यू विजनेस एज प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो।

शाइन रेसुंगा डेभलपमेन्ट बैंक बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो। ५ अर्ब ३९ करोड अधिकृत पुँजी र ४ अर्ब २८ करोड चुक्ता पुँजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा छन्।

Artha Sanjal
मिती : २५ असार २०८०, सोमबार १४:२६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

१८.६० अंकले ओरालो लाग्यो सेयर बजार, १३ वटै सूचक राताम्मे

आईपीओ भर्दा बैंक खातामा पैसा नभए तुरुन्तै रिजेक्ट हुने

चिकित्सकहरूकाे प्रदर्शन जारी : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने अडान (तस्बिरहरू)

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का

ताजा समाचार

  1. १८.६० अंकले ओरालो लाग्यो सेयर बजार, १३ वटै सूचक राताम्मे
  2. आईपीओ भर्दा बैंक खातामा पैसा नभए तुरुन्तै रिजेक्ट हुने
  3. चिकित्सकहरूकाे प्रदर्शन जारी : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने अडान (तस्बिरहरू)
  4. संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का
  5. वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने
  6. इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)
  7. टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान

विजनेश फोकस

बिकेन अपि पावरको हकप्रद, असोज १७ गतेबाट लिलामीम...

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.