अर्थ सन्जाल
९ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
९ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

शिवशिखर सहकारी ठगी प्रकरण : ठगी रकम १४ अर्ब नाघ्ने, काठमाडौं र भक्तपुरको जाहेरीमा अनुसन्धान सकियो

  • अर्थ सन्जाल
  • २४ असार २०८०, आईतवार १९:१०


काठमाडौँ । देशभर व्यावसायिक सञ्जाल बनाउने भन्दै केन्द्रदेखि विभिन्न जिल्लामा शाखा बिस्तार गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रकम फिर्ता नदिएपछि बचतकर्ताहरू यतिखेर विचल्लीमा परेका छन्।सामान्य मजदुरी गर्नेदेखि रिटायर्ड जागिरे र व्यापारीसम्मको बचत रकम फिर्ता माग्दा नदिई कुम्ल्याएर फरार रहेका यो सहकारीका सञ्चालकहरू पक्राउ परी यतिखेर सीआइबीको अनुसन्धानभित्र छन् । एकै व्यक्ति सञ्चालक रहेको शिवशिखर सहकारीले १० अर्ब र तुलसी सहकारीले २ अर्ब भन्दा बढी रकम बचतकर्ताको ठगेको भनिएपनि सीआइबीले भने ठगी रकम १४ अर्ब बढी हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको बताएको छ ।

ठगी रकम १४ अर्ब बढी हुनसक्ने : सीआइबी

सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले अनलाइन पानालाई दिएको जानकारी अनुसार केदारनाथ शर्मा र उनकी श्रीमती गीता शर्मासँग बयान अन्य कागजातको आधारमा र सबै जिल्लाका निक्षेपकर्ताको उजुरी संकलन गरिरहँदा ठगी रकम १४ अर्ब बढी भेटिएको छ । थापा भन्छन्–‘शर्मा दम्पत्तीसँग अनुसन्धान चलिरहेको छ, भक्तपुर र काठमाडौंँका निक्षेपकर्ताहरुको जाहेरी लिने काम सकियो ।अव बाहिर जिल्लाका जाहेरी लिने क्रममा छौँं । धेरै रकमहरु डाइभर्ट भएका छन्,धेरै हिनामिना भएका छन् । भरखरै भक्तपुरका निक्षेपकर्ताहरुको साढे ६६ करोड रुपैयाँ बिगो दाबीसहित सरकारी वकिल कार्यालयमा बुझाएका छौँ, काठमाडौंको बिगो दाबी गणना गर्ने क्रममै छौं ।सबै जिल्लाका निक्षेपकर्ताको जाहेरी लिएर अनुसन्धान सकिन अझै २ महिना बढी लाग्न सक्छ । बिगो दाबी सबै जोडपछि यो प्रक्रिया अदालतमा पुग्छ र अदालतले सजायँ तोक्ने काम गर्छ ।,’उनले भने ।

केदार शर्मा सहितको समूहमाथि शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था कौशलटार, भक्तपुरमा कार्यालय रही नेपालका ३५ जिल्लामा सेवा केन्द्र रहेको सहकारीका शाखा कार्यालयमा एक लाख ६८ हजार सात सय २५ निक्षेपकर्ता सदस्यको रकम हिनामिना गरेको यस्तै, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका २१ हजार एक सय ५४ निक्षेपकर्ता सदस्यले सहकारी ऐन र नियमावली विपरीत सहकारी संस्थाबाट शर्मा समूहले आफ्ना नजिकका व्यक्तिको नाममा सञ्चालित ४३ विभिन्न कम्पनीमा ऋण लगानी गर्ने सवारीसाधन खरिद र जग्गामा लगानी गरी हिनामिना गरेको भेटिएको सीआइबीले जनाएको छ ।

बचतकर्ताले ढिलो चाँडो बचत फिर्ता पाउँछन् : नमराज घिमिरे,रजिष्ट्रार,सहकारी विभाग

सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले अधिकांश सहकारीका सञ्चालक र अध्यक्ष सहकारीको मूल भावभन्दा बाहिर गएर सहकारी चलाउन खोज्दा दुर्घटना निम्तिएको बताउँछन् । उनका अनुसार सहकारीका अध्यक्षले नाम मात्रको सञ्चालक बनाउने तर बचतको रकम हिनामिना गर्ने गरेको धेरै भेटिएको बताए । यसमा सञ्चालकहरु पनि चनाखो हुनपर्ने उनको भनाई छ ।शिवशिखर सहकारी र तुलसी सहकारीमा पनि भएको त्यहि हो ।

सहकारी विभागले सहकारी पीडितका उजुरी बढिरहेको आधारमा संकास्पद सहकारीको श्वेत पत्र माग गर्ने,सहकारीलाई कारवाही गर्ने, नियमन गर्ने काम बढाइरहेको छ । ‘सहकारीमा समस्या आउन थालेपछि सञ्चालकबाट फरार हुने, सम्पर्कबिहीन हुने प्रवृति बढ्दो छ, उनीहरु सम्पर्कमा नआएपछि हामीले सिआईवीमार्फत् मुद्दा चलाउँछौ, बचतकर्ताले ढिलो चाँडो बचत फिर्ता पाउँछन्,’ शिवशिखरको केसमा पनि ढिलो हुन्छ तर बचतकर्ताले बचत फिर्ता पाउँछन्।’ उनले थपे ।

दुई भन्दा बढी सहकारीमा अध्यक्ष बन्ने चक्करमा सीआइबीको फन्दामा पुगे शर्मा

सहकारीका बचतकर्ताको रकम हिनामिना गरेर रातारात चम्किएका सञ्चालकहरु अहिले धमाधम सीआइबीको फन्दामा परिरहेका छन् । कति त अझै फरार छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ । सहकारी ऐनको दफा ४१ को उपदफा ७ को ‘क’मा सञ्चालक समितिको अवधि चार वर्ष हुने उल्लेख भएपनि सहकारीमा एउटै व्यक्तिले वर्षौं वर्षसम्म अध्यक्ष बनेको भेटिएको छ ।
सहकारी ऐनको दफा ४५ मा सञ्चालकबाट हटाउन सक्ने प्रावधान छ । तर, सहकारीका अध्यक्षलाई पदबाट हटाउने ल्याकत सदस्यहरुले नराख्ने चासो नदेखाउने प्रवृत्ति छ । दफा ४१को उपदफा १ को ‘क’ मा आर्थिक हिनामिना गरी सम्बन्धि संस्थामा हानी पुर्याएमा सदस्यहरुले हटाउन सक्ने व्यवस्था छ । तर, अध्यक्षहरुले सहकारीलाई समस्यामा पारेर आफ्नो निकटको र आफुले भनेको व्यक्तिलाई अध्यक्ष बनाएर आफु बाहिरिने प्रवृति बढ्दो छ ।

दुई सहकारी सञ्चालन गर्ने चाहना बोकेका केदार शर्माले विराटनगरमा तुलसी बहुमुखी सहकारी संस्थाका सामान्य कर्मचारी सुशिल बानियाँलाई अध्यक्षको जिम्मेवारी दिन भ्याउँछन् ।शर्माले शिवशिखर सहकारीको आर्थिक कारोबारको साँचो भने आफ्नै हातमा राख्छन् ।त्यसपछि सहकारीका बचतकर्ताको बचत मनलाग्दी चलाएर लगानी गरेको क्षेत्रबाट रकम उठ्न सक्दैन उता बिस्तारै बचतकर्ताहरुलाई सहकारीले बचत फिर्ता दिन सक्दैन । हल्ला फिजिँन्छ,एवं रितले सबै सहकारीको ढोकामा बचतकर्ताले बचत फिर्ता गर्न पुग्छन् । बचतकर्ताको दवाब थेग्न नसक्दा शर्मा दम्पत्ती फरार हुन पुग्छन् ।

Artha Sanjal
मिती : २४ असार २०८०, आईतवार १९:१० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

अब विदेशबाट आउनेले जुनसुकै टेलिभिजन ल्याउँदा पनि भन्सार तिर्नु नपर्ने

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त

सिटिजन लाइफको आईपीओ डिम्याटमा

१३ लाखको हात रित्तो हुने मिड सोलु हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने

ताजा समाचार

  1. अब विदेशबाट आउनेले जुनसुकै टेलिभिजन ल्याउँदा पनि भन्सार तिर्नु नपर्ने
  2. नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त
  3. सिटिजन लाइफको आईपीओ डिम्याटमा
  4. १३ लाखको हात रित्तो हुने मिड सोलु हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने
  5. असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै माथिल्लो मैलुङ खोला
  6. नेपाल र चीनबीच केरुङ-चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा सहमति
  7. सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त

विजनेश फोकस

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त

असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर...

अश्लिल हर्कत देखाउनेहरुनै दमकमा समाजका अगुवा: &...

सेयर कर्जाको १२ करोडको सीमा हट्न सक्ने, गभर्नर ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.