बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २५औं साधारणसभा चैत ४ गते हुने भएको छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालन समितिको बैठकले सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान साधारणसभा गर्ने निर्णय गरेको हो । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने जानकारी दिएको छ ।
समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मुल्यांकन गर्न मान्यता प्राप्त मुल्यांकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायत मर्जर सम्बन्धी अन्य आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने पनि निर्णय गरेको छ ।






