अर्थ सन्जाल
२३ मंसिर २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२३ मंसिर २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार : गृहमन्त्री श्रेष्ठ

  • अर्थ सन्जाल
  • ७ असार २०८०, बिहीबार १४:४७


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताएका छन् । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले आवश्यक पूर्वतयारी गरेका कारण विपद्पछि उद्धार, खोजी र राहत कार्यलाई अव्यवस्थितरूपमा सम्बोधन गर्न सकिएको जानकारी दिए ।

गृहमन्त्री श्रेष्ठले भने, ‘विपद्का घटनामा तत्काल उद्धारकार्यका लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा रहनुका साथै कमाण्ड पोष्टसमेत गठन गरिएको छ, त्यससम्बन्धी राष्ट्रिय कार्ययोजना पनि निर्माण गरिएको छ ।’ थुप्रै सम्भावनाका बीचमा पनि नेपाल भूकम्प, बाढीपहिरो, जलवायु परिवर्तनको असरबाट हुने क्षतिका हिसाबले उच्च जोखिममा रहेकाले विभिन्न खाले विपद्को सामना गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले राहत, उद्धार र सहयोगलगायत विषयलाई प्रभावकारी विभिन्न तहमा गठन गरिएको समितिबाट प्रभावकारीरूपमा काम हुने जानकारी दिए ।

विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र व्यवस्थापन गर्न ११ स्थानमा मानवीय सहायता आपतकालीन भण्डारण खडा गरिएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले पाँच वटा मेसिन जडानसहित २७ डुंगाको व्यवस्थापन भइरहेको बताए ।

खोज तथा उद्धार सामग्री, एम्बुलेन्स, अग्नि नियन्त्रण, अग्निप्रतिरोधी कपडासहितको सामग्री खरिद गरी जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई पठाइसकिएको जानकारी दिँदै उनले हवाई उद्धारका हेलिकप्टर तथा बाढीपहिरोले भत्काएका स्थानमा तत्काल यातायात सञ्चालन गर्नका लागि बेलिब्रिजको व्यवस्था गरिने बताए। विपद्का घटनापछि तत्काल मानवीय उद्धार र स्थानान्तरण, पहुँच स्थापित, पुनःस्थापना र पुनःनिर्माणको काम क्रमश हुने उनले स्पष्ट पारे।

यसैबीच, समितिले विपद् जोखिम न्यूनीकरण प्रतिकार्य तथा व्यवस्थापनका लागि पूर्वतयारी, जोखिममा परेका व्यक्ति-परिवारको पुनःस्थापना र पुननिर्माण कार्य प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । बैठकले पूर्वी पहाडमा बाढीपहिरोले पुर्‍याएको क्षति आँकलन गरी राहत, पुनःस्थापना र पुनःनिर्माण कार्य प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको सभापति प्रकाश पन्थले बताए ।

बैठकमा गृहमन्त्रालयकातर्फबाट गत जेठ ३१ गतेदेखि यता मनसुनजन्य विपद्मा परी भोजपुर, नुवाकोट, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तनहुँ र गोरखामा गरी १३ जनाको मृत्यु भएको जानकारी दिइयो ।

उक्त बाढीपहिरोमा परी २६ जना बेपत्ता, आठ जना घाइते हुनका साथै ४१ घर पूर्णरुपमा र सात घर आंशिक क्षति पुगेको तथ्याङक प्रस्तुत गरियो ।

Artha Sanjal
मिती : ७ असार २०८०, बिहीबार १४:४७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘बैंकहरू सबभन्दा ठूला मिटरब्याजी हुन्’

जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड

रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

बैदेशिक रोजगारीका लागि बेलायत जान छानिए ४५ नर्स

ताजा समाचार

  1. ‘बैंकहरू सबभन्दा ठूला मिटरब्याजी हुन्’
  2. जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड
  3. रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
  4. बैदेशिक रोजगारीका लागि बेलायत जान छानिए ४५ नर्स
  5. जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय
  6. २०२४ मा हजार किलोमिटर रेन्ज दिने नेटाकाे नयाँ कार बजारमा आउने, मूल्य पनि घट्ने
  7. यू-१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित

विजनेश फोकस

२०२४ मा हजार किलोमिटर रेन्ज दिने नेटाकाे नयाँ क...

सेयर खरिदबिक्री गर्न उक्साउने उद्देश्यले सूचना ...

मौद्रिक नीतिको समीक्षा : बैंक दर र नीतिगत दर घट...

एनएमबि हाइब्रिड फन्ड एल-१ ले आफ्नो स्वामित्वका ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.