वेस्ट इन्डिजविरूद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध पहिले बलिङ गर्दैछ ।

जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा टस जितेर नेपालले पहिले बलिङको निर्णय लिएको हो । नेपालले बलिङ रोजेपछि वेस्ट इन्डिज पहिले ब्याटिङ गर्दैछ । नेपालले मंगलबार अमेरिकासँग खेलेको प्लेईङ-११ लाई नै निरन्तरता दिएको छ ।

पहिलो खेलमा अमेरिकालाई पराजित गरेको वेस्ट इन्डिज नेपाललाई पराजित गरि सुपर सिक्सको सम्भावना बलियो बनाउन चाहन्छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।

नेपाल टिम

आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *