प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता,के-के भयो कुराकानी ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताइएको छ । साथै दुई नेताबीच माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे पनि छलफल भएको छ ।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा मा‌ओवादी र नेकपा एकीकृत समाजजवादी मिलेर गत सोमबार समाजवादी मोर्चा गठन भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *