काठमाडौं । तीन जीवन बीमा कम्पनी मर्जर भई एक बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा अब हिमालयन लाइफ इन्स्योरेन्सको नाममा १०० अंकित दरका कुल ८ करोड २ लाख ३ हजार ८३६.०२ कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले यो कम्पनीको सेयर कारोबारका लागि प्रतिकित्ता ३४६.५२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।
अब भोलि (बिहीबार)बाट उक्त सेयर कारोबारमा आउनेछ। साबिक युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्सको सेयर बिहीबारबाट कारोबारमा आउने भएको हो। यी तीनै कम्पनी १:१:१ अनुपातमा मर्ज भएका हुन्।
मर्जरपछि एकीकृत कारोबार भएको दिनदेखि सेयर मिलानका लागि नेपाल स्टक एक्सचेन्ज यी तीनै कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो। नेप्सेको आज असार ६ गतेको निर्णयबमोजिम सेयर कारोबार फुकुवा गर्दै हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट कारोबार खुला हुने भएको हो।
अर्थ सन्जाल