


काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । परिसूचक १४.०५ अङ्कले घटेर २०५०.७८ को बिन्दुमा कायम भएको हो । आज विभिन्न दुई सय ७१ कम्पनीका ८६ लाख ५१ हजार एक सय ६४ कित्ता शेयर रू तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार दुई सय ६० बराबरको कारोबार भएको छ ।
यो दिनको कारोबारमा होटल तथा पर्यटन, जीवन बीमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन समूह २३९.५१, जीवन बीमा ११.९६, उत्पादन तथा प्रशोधन १५ .०१ र व्यापार समूह २.३६ अङ्कले बढेको छ ।
सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचकमा ५२.०५ अङ्कको गिरावट देखिएको छ । त्यस्तै बैंकिङ ९.९९, वित्त २८.०४, जलविद्युत् ४१ .८७, लगानी १.२०, लघुवित्त ४०.३८, म्युचुअल फन्ड ०.१३, निर्जीवन बीमा ०.८३ र अन्य समूह ७.३० अङ्कले घटेको छ ।
सिटी होटल लिमिटेडको सेयर मूल्यमा आज सबैभन्दा धेरै ९.९७ प्रतिशतको वृद्धि देखिएको छ । सबैभन्दा धेरै गुमाउनेमा भने ग्रीन भेञ्चर्स लिमिटेडको सेयर मूल्यमा ६.९८ प्रतिशतको गिरावट देखिएको छ ।
कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २३ करोड छ लाख ४१ हजार तीन सय २७ बराबरको चार लाख २३ हजार एक सय ९८ कित्ता सेयर किनबेच भएको छ ।

अर्थ सन्जाल