रद्द होला त घोराही सिमेन्टको आईपीओ ?

काठमाडौं । धितोपत्र दोस्रो बजारभित्र चलखेल भएका उदाहरणहरु प्रशस्तै सुनिन्थ्यो । कहिले सामाजिक सञ्जालमा अफवाह फैलाएर, कहिले स्वघोषित विश्लेषक बनेर त, कहिले आकर्षक लाभांश, हकप्रद लगायत प्रोपोगान्डा गरेर सेयर बजारमा चलेखेल हुने गरेको समाचार बेलाबेला बाहिरिने गरेका छन् ।

तर आईपीओमा भने चलखेल हुन्छ भनेर लगानीकर्ताले सोचेका थिएनन् । हुन त सेयर बजारमा गरिने लगानीलाई जोखिमयुक्त मानिन्छ । प्रारम्भिक निष्काशन (आईपीओ) मा भने लगानीकर्ताको आकर्षण बढी छ । लगानीकर्ताहरुले कम्पनीको विश्लेषण नै नगरी आईपीओ भर्ने गरेका छन् । किनभने आईपीओ परेमा छोटो समयमा दोब्बर नाफा कमाउन सकिन्छ भन्ने मानसिकता आम लगानीकर्तामा छ । त्यसैले पनि आईपीओ भन्ने बित्तिकै आवेदनको ओइरो नै लाग्ने गर्छ । कुनै कम्पनीको १० कित्ता आईपीओ हात पार्न समेत भाग्यकै भरोसा गर्नुपर्ने अवस्था छ ।

लगानीकर्ताको यहि आत्मविश्वासको फाइदा उठाउँदै घोराही सिमेन्टले आईपीओमा व्यापक चलखेल गरेको पाइएको छ । कम्पनीको बदमासीको कर्तुत बाहिरीसँगै नेपाल धितोपत्र बोर्डले कम्पनीको आईपीओ निष्काशनमै रोक लगाएको छ ।

कम्पनीले जारी गरेको आईपीओमा करिब साढे २ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको भनिए पनि फेरि अन्तिम दिन आवेदन दिने म्याद थप भएसँगै चलखेल भएको आशंका गरिएको थियो । उक्त आशंकापछि कम्पनीको आईपीओमा पैसा नै नभएको खाताबाट करौडौंको आवेदन परेको तथ्य सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले पत्ता लगायो । कम्पनीको आईपीओमा ठूलो मात्रामा नक्कली आवेदन परेको पाइएपछि सिडीएससीले यस विषयमा धितोपत्र बोर्डलाई जानकारी गराएको थियो । त्यस लगत्तै बोर्डले छानबिन कमिटि गठन गरी तत्कालको लागि कम्पनीको आईपीओ बिक्रीमा रोक लगाएको हो ।

धितोपत्र बोर्डको नियमअनुसार कुनै पनि कम्पनीको आईपीओमा ओभरसब्सक्राइब्ड भइसकेपछि आवेदन दिने म्याद थप गर्न पाइदैन । तर कम्पनीले भने ओभरसब्सक्राइब्ड भइसकेको भनिएको आईपीओमा अन्तिम दिन (आइतबार) पुन: म्याद थप गर्यो । जुन कानुनविपरित थियो ।

कानुनत कुनै पनि कम्पनीको आईपीओ ५० प्रतिशतभन्दा कम सब्सक्राइब्ड भएको अवस्थामा आईपीओ नै रद्द हुन्छ । तर, ५० प्रतिशतभन्दा बढी सब्सक्राइब्ड भएको छ भने आईपीओमा म्याद थप गर्न सकिन्छ ।

कम्पनीको आईपीओमा परेको एक करोड ३० लाखभन्दा बढी कित्ता आवेदन रद्द गरिएको सिडीएससीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्ण प्रसाद आचार्यले बताए । उनका अनुसार १३ जनाले पैसा नै नभएको खाताबाट १०/१० लाख कित्ता सेयरका लागि आवेदन दिएका थिए । यो संख्या अझै बढ्न सक्ने उनी बताउँछन् ।

उनी भन्छन्, ‘बैंकले भेरिफाई गरेर पठाएको डाटा अनुसार १ करोड ३० लाख कित्ताका लागि पैसा नै नभएको खाताबाट आवेदन परेको खुलेको छ । जुन हामीले रद्द गरेका छौँ । यो संख्या अझैं बढ्न सक्छ ।‘

अहिले छानबिनको लागि स्थगन भए पनि गलत पुष्टि भएमा आईपीओ नै रद्द हुने उनी बताउँछन् । योभन्दा अगाडि स-साना रकममा  परेको आवेदन खातामा पर्याप्त ब्यालेन्स नहुँदा रद्द भए पनि यसरी ठूलो मात्रामा रद्द नभएको उनको भनाइ छ ।

उनी भन्छन्, १० लाख कित्ता सेयर भर्न त ४३ करोड रुपैयाँ पैसा खातामा हुनुपर्यो । तर घोराहीको आईपीओमा पैसा नै नभएको खाताबाट एउटै व्यक्तिले धेरै कित्ताको लागि आवेदन दिएको भेटिएको छ । यो त स्वाभाविक रुपमै बजारलाई प्रभाव पार्न खोजेको देखिन्छ ।‘

कम्पनीमाथि छानबिन हुँदै गर्दा हजारौँ लगानीकर्ताको करोडौँ रुपैयाँ पैसा अड्किने भएको छ ।  धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ प्रक्रिया रोकेसँगैलगानीकर्ताको रकम छानबिन प्रक्रिया नटुंगिएसम्म ‘ब्लक’ हुने भएको हो ।

बोर्डका अध्यक्ष रमेश हमालले कम्पनीको रेटिङ, सेयर प्रत्याभूतिकर्ताको भूमिका र नक्कली आवेदनलगायतका बारेमा प्रारम्भिक अनुसन्धान हुँदैछ । अध्यक्ष हमालले सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षाका निम्ति बोर्डले आईपीओ प्रक्रिया स्थागित गरेको बताए । उनी भन्छन्, ‘कम्पनीको बदमासीको बारेमा अनुसन्धान हुँदैछ । गलत गरेको पुष्टि भए कानुनअनुसार कारबाही गर्नेछौँ ।’

दोषी देखिए के सजाय हुन्छ ?

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९९ अनुसार जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नहुने व्यवस्था छ । जसमा कुनै विवरण झुट्टो वा भ्रामक हो भन्ने थाहा हँुदाहुँदै वा विवरणमा कुनै कुरा छुटेको, लुकाइएको वा नपरेको कारणले त्यस्तो विवरण गलत वा भ्रामक भएको छ भन्ने जानीजानी त्यस्तो विवरणको आधारमा कसैलाई धितोपत्र खरिद वा बिक्री गर्न उत्साहित गरेमा वा धितोपत्रको मूल्य घटाउन, बढाउन वा स्थिर राख्न लगाएमा त्यस्तो काम कारबाही गर्ने गराउनेले जालसाजी गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेको मानिने उल्लेख छ ।

सोही ऐनको दण्ड सजायसम्बन्धी व्यवस्थामा (३) दफा ९७, ९८, ९९ र १०० बमोजिमको कुनै काम गर्नेलाई एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानीसमेत भराई दिनुपर्ने उल्लेख छ ।

कम्पनीले सेयर सर्वसाधारणलाई बेच्नका लागि ‘ओभर सस्क्राइभ’ भएको देखाउन झुटो आवेदन देखाइएकाले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९९ अनुसारको कसुर ठहर भई दफा ३ अनुसार घोराही सिमेन्ट इन्डस्ट्रिजका सञ्चालक कारबाहीमा पर्ने देखिन्छ ।

त्यस्तै, क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ को उपनियम २ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो मुख्य सेयरधनी कुनै कम्पनीमा आधारभूत सेयरधनी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ हुन नपाउने व्यवस्था गरेको छ । तर, घोराही सिमेन्ट र केयर रेटिङ नेपालको लगानीकर्ता एउटै व्यक्ति भएको विषयमा बोर्डले जानकारी माग्दै बोर्डले कम्पनीको इस्यूआर रेटिङ, क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३८ को उपनियम (२) विपरीत भए नभएको भन्ने विषयमा केयर रेटिङ नेपाललाई तीन दिनको समय दिएर स्पष्टीकरण पेस गर्न जेठ ३० गते पत्राचार गरेको थियो । तर, केयर रेटिङले बेवास्ता गर्दै आएको छ ।

त्यस्तै, क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ को उपनियम २ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो मुख्य सेयरधनी कुनै कम्पनीमा आधारभूत सेयरधनी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ हुन नपाउने व्यवस्था गरेको छ । तर, घोराही सिमेन्ट र केयर रेटिङ नेपालको लगानीकर्ता एउटै व्यक्ति भएको विषयमा बोर्डले जानकारी माग्दै बोर्डले कम्पनीको इस्यूआर रेटिङ, क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३८ को उपनियम (२) विपरीत भए नभएको भन्ने विषयमा केयर रेटिङ नेपाललाई तीन दिनको समय दिएर स्पष्टीकरण पेस गर्न जेठ ३० गते पत्राचार गरेको थियो । तर, केयर रेटिङले बेवास्ता गर्दै आएको छ ।

अनि बाहिरियो लगानीकर्ता झुक्याउने प्रपञ्च !

कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारण लगानीकर्ताको लागि ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले गत जेठ ३२ गतेदेखि अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको हो ।

उक्त आईपीओमा छिटोमा असर ४ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो भने सो अवधिमा पूर्ण आवेदन नपरेको खण्डमा ढिलोमा असार १४ गतेसम्म आवेदन दिन पाउने भनिएको थियो ।

तर कम्पनीको आईपीओमा छिटोमा आवेदन दिने समय अगावै ओभरसब्सक्राइब्ड भइसकेको भनिएको थियो । तर अन्तिम दिन पुन: आवेदन थप गरेपछि कम्पनीको आईपीओमा परेको आवेदन नक्कली भएको हुनसक्ने आशंका गरिएको थियो ।

त्यसपश्चात कम्पनीको लगानीकर्ता झुक्याउने प्रपञ्च बाहिरिएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको ६ लाख ६ हजार ३५० कित्ता सेयर बाँडफाँट आईपीओ बाँडफाँट गरिसकेको छ ।

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा ६ लाख ६ हजार ३५० कित्ता, सामूहिक लगानी कोषहरूमा तीन लाख २८ हजार ९६१ कित्ता, कम्पनीका कर्मचारीहरूमा १९ हजार ५३० कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दामा ७७ हजार २९० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

आईपीओ भरिसकेका लगानीकर्ताहरु भने आईपीओ नै रद्द गरी आफूहरुको पैसा फिर्ता गर्नुपर्ने भन्दै आक्रोश पोखिरहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *