हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यहरुको बीमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गर्ने

काठमाडौं । हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यहरुको बिबीमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले गर्ने
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बिच सहकारी संस्थाको लघुबित्त कार्यक्रममा आबद्ध भएका ग्राहक सदस्यहरुको म्यादी जीवन बीमाका लागी सम्झौता सम्पन्न भएको छ ।

सरल तथा सहज बीमाका लागी भरपर्दाै बीमा कम्पनीका रुपमा परिचित सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिबनाथ पाण्डे र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका तर्फबाट अध्यक्ष बालकृष्ण पाण्डेयले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।

बीमा सम्झौता कार्यक्रममा सहकारी संस्थाका आई.टी सल्लाहकार दिपेन्द्र पौडेलको समेत उपस्थीति रहेको थियो । उक्त अबसरमा अध्यक्ष पाण्डेयले आगामी दिनमा सहकारी संस्थामा आबद्द सम्पूर्ण सदस्यहरुको समेत बीमा गरिने र आबश्यकता अनुसार अन्य योजनाहरुमा पनि सहकार्य गरिने जानकारी दिए ।

बुटवल रुपन्देहीमा मुख्य कार्यालय रहेको प्रादेशिक स्तरको यस सहकारी संस्थाले बिपन्न बर्गका ग्राहक सदस्यहरुमा उद्यमशिलता बिकास गर्नका लागी बिना भेदभाब “हामी गर्छाे,सबैका लागी,सधैका लागी” भन्ने मुल नाराका साथ लघुबित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *