अर्थ सन्जाल
२३ मंसिर २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२३ मंसिर २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

बालेनको ताकेतापछि धमाधम छात्रवृत्ति उपलब्ध गराउँदै निजी विद्यालय

  • अर्थ सन्जाल
  • २ असार २०८०, शनिबार ११:३०


काठमाडौं । काठमाडौं महानगरपालिकाको पटकपटकको ताकेतापछि पछिल्लो समय निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेश गर्न थालेका छन् । कामपाले एक साताअघि मात्रै सबै विद्यालयलाई नियमानुसार छात्रवृत्ति दिन र दिएको विवरण लिएर आउन निर्देशन दिएको थियो । निर्देशन दिएको केही दिनसम्म पनि निजी विद्यालयले विवरण लिएर नआएपछि कामपाले विवरण उपलब्ध नगराउने विद्यालयको नामनै सार्वजनिक गरी विद्यालय बन्द गर्ने चेतावनी समेत दिएको थियो ।

“नामनै सार्वजनिक गरेपछि भने छात्रवृत्ति उपलब्ध गराएको विवरण लिएर विद्यालय आएका छन्”, कामपा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले बताए । उहाँका अनुसार चार सय ५७ विद्यालयले अहिले विवरण लिएर आएका छन् भने बाँकी अन्यले पनि तत्काल ल्याउने जानकारी गराएका छन् । प्रमुख कोइलालाले भने, “आएका विवरणमध्ये अधिकांशले विद्यार्थीको नाम र कुन समूहलाई उपलब्ध गराएको उल्लेख गरेका छन् ।”

नियमअनुसार प्रत्येक विद्यालयले जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हुन्छ । यसरी विद्यालयले दिएको विवरणमाथि कामपालाई आशङ्का लागे कामपाले थप अनुगमन गर्ने पनि जनाएको छ । पटक पटकको आग्रहकै कारण अहिले ९० प्रतिशत विद्यालयमा छात्रवृत्ति वितरण गरिसकेको कामपाको बुझाइ छ ।

कामपा शिक्षा विभाग प्रमुख कोइरालाले चालु शैक्षिक सत्रको गत जेठ २८ गतेभित्र १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराएको विवरण पेस नगरे विद्यालयको सम्बन्धन खारेज गर्ने र विद्यालयमा ताला लगाउने चेतावनी दिएका थिए । कामपा विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं कामपाको शिक्षा ऐन, २०७५ को दफा ५० को व्यवस्थाअनुरूप छात्रवृत्ति वितरणको विवरण पेस गर्नुपर्ने हुन्छ ।

भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था हुँदाहँुदै महानगरमा सञ्चालित झण्डै ७० प्रतिशत विद्यालयले विवरण पेस नगरेपछि कामपाले सार्वजनिक सूचनानै जारी गरेर कडाइ गर्नुपरेको हो । चालु शैक्षिक सत्र २०८० का लागि छात्रवृत्ति उपलब्ध नगराउनेमा अधिकांश महँगा विद्यालय रहेका थिए । कामपाको सूचीमा पाठशाला, साइपाल एकेडेमी, मेरिडियन, प्राञ्जली वल्र्ड स्कूल, अल्कापुरी, आलोक विद्याश्रम, नेपाल प्रहरी विद्यालय, आदर्श विद्या सदन, मञ्जुश्री, हिमालयन ह्वाइट हाउस, बेबिलोन र काठमाडौँ प्रज्ञा कुञ्ज समावेश थिए ।

त्यसैगरी ग्रिनवीच, विद्या सदन, बागमती, लिट्टिल बुद्ध, काठमाडौँ गुरुकूल, क्याम्पियन, ब्रिटिस गोरखा, संस्कार, राइजिङ, दिव्य ज्ञान, जिलेट, गिताञ्जली, संस्कार, कमलनेत्र छुनामुना, ग्रामर, समता, निष्ट, काष्ठमण्डप, किस्ट, प्यारागन पब्लिक, काठमाडौँ मोडेल स्कुललगायतका विद्यालयले कामपाले जारी गरेको सार्वजनिक सूचनापछि छात्रवृत्ति उपलब्ध गराएको विवरण लिएर आएका हुन् ।

कामपाले गत वैशाख २४ गते परिपत्र गरी जेठ १५ गतेभित्र छात्रवृत्ति विवरण कामपालाई दिइसक्नुपर्ने सूचना गरेको थियो । कामपामा रहेका विद्यालयले विवरण पेस नगरेमा कामपा शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा सो ऐन वा अन्य प्रचलित कानूनबमोजिम हदैसम्मको कारबाही गर्न सकिने व्यवस्था रहेको छ ।
कामपाले आगामी शैक्षिक सत्रबाट कूल विद्यार्थीको पाँच प्रतिशत सम्बन्धित विद्यालयले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र बाँकी ५ प्रतिशत छात्रवृत्ति बराबरको रकम कामपा शिक्षा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । कोइरालाका अनुसार छात्रवृत्ति दिँदा अब हरेक विद्यालयलाई कोटा निर्धारण गरिनेछ । त्यसका लागि विद्यार्थीसँग आवेदन आह्वान गरिनेछ । कामपाले नै प्रवेश परीक्षा सञ्चालन गरी सिफारिस गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।

Artha Sanjal
मिती : २ असार २०८०, शनिबार ११:३० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड

रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

बैदेशिक रोजगारीका लागि बेलायत जान छानिए ४५ नर्स

जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

ताजा समाचार

  1. जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड
  2. रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
  3. बैदेशिक रोजगारीका लागि बेलायत जान छानिए ४५ नर्स
  4. जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय
  5. २०२४ मा हजार किलोमिटर रेन्ज दिने नेटाकाे नयाँ कार बजारमा आउने, मूल्य पनि घट्ने
  6. यू-१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित
  7. टिकटकमा प्रतिबन्ध लगाएपछि फेसबुक, ट्विटर सम्बद्ध संस्थाले पठायो सञ्चारमन्त्री शर्मालाई पत्र

विजनेश फोकस

२०२४ मा हजार किलोमिटर रेन्ज दिने नेटाकाे नयाँ क...

सेयर खरिदबिक्री गर्न उक्साउने उद्देश्यले सूचना ...

मौद्रिक नीतिको समीक्षा : बैंक दर र नीतिगत दर घट...

एनएमबि हाइब्रिड फन्ड एल-१ ले आफ्नो स्वामित्वका ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.