


काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहलाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणले आफ्नो कार्यालय परिसरबाट तारवार फेन्सिङ काटी लैजाने कार्यमा मेयर बालेनको पनि प्रत्यक्ष संलग्नता रहेको दाबी गरेको छ ।
बालेनलाई प्राधिकरणले नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम सजाय किन नगर्ने भनेर सोधेको छ । उक्त सजायको दफामा ५० हजारसम्म जरिवाना तोकेको छ ।
स्पष्टीकरण
Artha Sanjal

अर्थ सन्जाल