काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २१औं वार्षिक साधारणसभा जेठ ३२ गते अर्थात् भोलि हुँदैछ । साधारणसभाले आगामी नयाँ नेतृत्वको पनि चयन गर्दैछ । साधारणसभा नजिकिएसँगै उम्मेद्वारहरूले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् । त्यसै सन्दर्भमा नयाँ कार्यसमितिको संस्थापन समूहको तर्फबाट कार्यसमिति सदस्यका लागि चुनावी मैदानमा होमिएका इन्जिनियर तथा जिओग्राफर मिथुन पौडेल चुनावीसँग कुराकानी गरेका छौँ ।
नयाँ कार्यसमितिको संस्थापन समूहको तर्फबाट कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । तपाईंको उम्मेदवारी किन ?
उम्मेदवारी मेरो प्यासन हो । अरु डेभलपर्स मात्र हुन् । म वास्तवमा डेभलपर्स होइन । यो सेक्टरको विकास पनि हो भन्न चाहन्छु । एउटा प्रोजेक्ट डेभलप गरे । अब मलाई डेभलप गर्ने चाहना छैन । मलाई हाइड्रोपावर र उर्जा व्यवसायीहरुको संस्था बसेर उहाँहरुले देखेका, भोगेका समस्यालाई केही व्यवस्थित र संगठन गरेर, संगठनहरुलाई छुट्याएर पनि त्यो ठाउँमा जान उपयुक्त हुन्छ भनेर नै मैले उम्मेदवारी दिएको हुँ ।
यो भन्दा अघिल्लो कार्यकालमा पनि मैले कोषध्यक्षमा उम्मेदवारी दिएर फिर्ता लिएको थिएँ । अहिले यो टिममा जोडिएर काम गरिरहेको छु । उम्मेदवारहरु मध्येकै पुरुषतर्फको कान्छो उम्मेदवार नै मै हुँ ।
सबै जनाले मलाई रुचाउनुभएको छ । किनभने हाइड्रोपावर डेभलपमेन्ट मेरो पेसा पनि हो । व्यवसाय मात्र होइन प्यासन पनि हो । म यही क्षेत्रको विकास गर्छु भनेर नै लागि परिरहेको छु । युवाहरु विदेश जाने क्रम बढिरहेको छ । तर म यही केही गर्छु भनेर बसेको छु । यहाँ भएका समस्याहरुलाई समाधान गर्छु भनेर लागेको छु । यहाँ हरेक ठाउँमा समस्या छ । तर म उर्जा समितिको सदस्यमा बसेर ठूला ठूला उर्जा व्यवसायीहरुको कुरा र समस्याहरुलाई व्यवस्थित र संगठित गर्छु भनेर अगाडि बढेको छु । अनुसन्धान गरेर उर्जा अथवा हाइड्रोपावर डेभलपमेन्टमा हाम्रा नीति ऐन र कानुनमा कति कमजोरी र के भयो भन्ने पहिलेनै थाहा होस् । नीतिगत सुधारका लागि दबाब दिनकै लागि मैले उम्मेदवारी दिएको छु ।
२. तपाईले उर्जा क्षेत्रमा समस्या नै समस्या छ त भन्नुभयो । के-के समस्या छन् ? त्यसलाई कसरी समाधान गर्न सकिन्छ ?
यहाँ धेरै समस्या छ । हामीले हाम्रो माटो चिनेकै छैनौँ । हामीले हाम्रो देश चिनेकै छैनौँ । हामी शहरकेन्द्रित छौँ । मानिसहरु हिमाल छाडेर पहाड र पहाड छ्हदर तराई र शहर छिरेका छन् । तर त्यहाँक अथाह सम्भावनालाई चिन्दैनन् । विश्वकै सबैभन्दा अप्ठ्यारो जिओगग्राफी भएको देश नेपाल । नेपालकै सबैभन्दा अप्ठ्यारो जिओग्राफीमा हाइड्रोपावर बन्छ । हाइड्रोपावर बन्ने ठाउँ नै ठाडो, भिरालो, खोच परेको अप्ठ्यारो ठाउँ हुन्छ । त्यहाँ बाटो, ट्रान्स लाइन पुर्याउनै गाह्रो हुन्छ । त्यसैगरी नीति निर्माणमै समस्या छ । यहाँ उर्जा मन्त्रालयलाई नै नेपाल के हो ? उर्जा सेक्टर के हो थाहा नै छैन । समस्या कहाँ छ भने स्थानीय तहमा धेरै समस्या भइरहेको छ ।
भिन्न भिन्न कानुन छन् । हाइड्रोपावर डेभलपमेन्टले भूमिसम्बन्धि कानुन, वनसम्बन्धि कानुन, विद्युत सम्बधि ऐन, उद्योगसम्बन्धि ऐन, बैकिङ सम्बन्धि ऐन, धितोपत्रसम्बधि कानुन, बीमासम्बधि कानुन सबैतिर बुझ्नुपर्ने हुन्छ । किनभने यी सबै क्षेत्रसँग हाइड्रोपावर जोडिएको हुन्छ । त्यो हुनाले कानुनहरु पनि बाझिरहेका छन् ।
सबैभन्दा मुख्य समस्या बुझाईमा छ । उर्जा सेक्टर प्राथमिकताको सेक्टर हो । यसलाई अगाडि बढाउनुपर्छ भन्ने भन्दा पनि यसलाई निरुत्साहित गरिरहेका छन् । आयतितित समानहरुमा प्रोत्साहन गरिरहेका छन् । तर यो क्षेत्रलाई निरुत्साहन गरेको छ । बजेटमा बनेका कुरा नि कमिसन बुझाउन नसक्दा सेलाउँछ । किनभने हाम्रो आजको भोलि नै फाइदा पनि हुँदैन । गरेको लगानीको रिटर्न आउने कहिले हो ? सुरक्षा हुने कहिले हो त्यसको टुंगो नै हुँदैन । राज्यले मुखले उर्जा सेक्टरलाई प्राथमिकतामा राखे पनि व्यवहारले देखाएको छैन ।
नीतिअनुसार बन्नुपर्ने नीति र ऐन अनुसार नै कानुनहरु बन्न सकेका छैनन् । बजेटले दिएका छुटक सिफारिस समेत लागु गर्न सकेका छैनन् ।
३. यी चुनौतीहरुलाई चिर्न तपाईंले क-कस्ता एजेन्डाहरु अघि सार्नुभएको छ ?
सर्वप्रथम इप्पानको संस्था हेरौँ । यो विशुद्ध एनजीओ संस्था हो । सामाजिक संस्था भएकोले सम्पूर्ण हाइड्रोपावर उद्यमीहरु यसमा जोडिनुभएको छ । मैले एक वर्षभित्र ‘इनर्जी एटलस’ प्रकाशन गर्ने सोच बनाएको छु । यसले कुन जिल्लामा, कुन पालिकामा, कतिवटा प्रोजेक्ट छन् ? ट्रान्समिसन लाइन कहाँबाट जान्छ ? सबस्टेसन कहाँ छ कति क्षमताका छन् ? तिनीहरुको आए/ईआए कसले गरिरहेको छ । आए/ईआएबीचको तादम्यता छ ? भिन्न कानुनमा कसरी काम गर्ने सबै कुरालाई समेट्नेछु ।
४. प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ ? प्यानलमा को-को हुनुहुन्छ ?
हाम्रो टिममा २५ जना छौँ । गणेश कार्कीको प्यानलबाट संस्थापक समुहको सदस्यमा मेरो उम्मेदवारी हो । पुरुषमा ७ जना सदस्य र महिलामा ३ जना गरी १० जना सदस्य पदाधिकारी १५ गरी २५ जना छौँ ।
५. पछिल्लो समय युवाहरुको विदेश जाने लहर नै चलेको छ । यो देशमा सम्भावना नभएर हो ? तपाई यहिँ देशमा केही गर्नुपर्छ भनेर लाग्नुभएको छ । के देख्नु भएको छ ?
सम्भावना नभएको होइन । सम्भावना प्रशस्त छ । तर सरकारले विश्वसनीयता दिलाउन सकेका छैनन् । सीप अनुसारको काम दिन सकेको छैन । सिस्टम बनाउन सकेको छैन । कसले के गर्ने भन्ने नै छैन । लगानीको वातावरण सुनिश्चित गरेको छैन ।
त्यसैले पनि राज्यप्रति अविश्वास पैदा भएको छ । तर सम्भावना भने धेरै छ । स्थिर नीतिहरुको आवश्यक छ । युवाहरुमा पनि धैर्यता छैन । धैर्य गरेर लगानी गरौँ सुरक्षा छैन । केही कुराको ग्यारेन्टी छैन ।
युवाहरुले नेपालको अध्ययन गर्नु जरूरी छ । नेपाललाई चिन्नुपर्छ । सम्भावना प्रशस्त छ । हामी लेबर बेचिरहेका छौँ । लेबरबाट प्रोडक्ट बेच्ने बन्नुपर्छ । निर्यातको मुख्य सेक्टर हो ।
६. उर्जा क्षेत्रलाई बैंक तथा वित्तीय संस्थाको ब्याजदरले कत्तिको असर पारेको छ ?
ब्याजदरले उर्जा क्षेत्रलाई ब्यापक असर पारेको छ । उर्जा क्षेत्र फिल्डमा गएर काम गर्नुपर्ने, दुर्गममा गएर काम गर्नुपर्ने, बाढी पहिरो आउने, स्वदेशको प्रविधिले मात्र नहुने जस्ता, समयमै आयोजना नसकिने जस्ता समस्याका बैंकको ब्याज बढ्दै जान्छ । झन् ब्याजदर चर्को हुँदा एकदमै समस्या परेको छ । सरकारले चाहने हो भने यो समस्या आउँदैन ।
७. निर्वाचित हुनुभयो भने के-कस्ता कामलाई अघि सार्नुहुन्छ ?
म निर्वाचित भए भने इन्जिनियरिङ पेसा भएकै कारण पनि अध्ययन अनुसन्धान गर्ने समिति बनाउने नै हुन्छ । मैले अघि नै भने इनर्जी एटलस निकाल्छु । त्यसको अलावा नीति निर्माणमा सहयोग गर्नेछु । टिमलाई सहयोग गरेर अगाडि बढ्छु । इप्पानमा आफ्नो योगदान बढाउन र स्वतन्त्र ऊर्जा उत्पादनको मुद्दालाई अघि बढाउने छु । जलविद्युत् क्षेत्रमा निजी प्रवर्द्धकले धेरै समस्या झेल्दै आइरहेका छन् । ती समस्यालाई संगठित रूपमा नै आफ्ना आवाजहरू बुलन्द गर्नका लागि पर्नेछु ।
सरस्वती अधिकारी