

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २१औं वार्षिक साधारणसभा जेठ ३२ गते हुँदैछ । साधारणसभाले नयाँ नेतृत्वको पनि चयन गर्दैछ । साधारणसभा नजिकिएसँगै उम्मेद्वारहरूले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् । नयाँ कार्यसमितिको संस्थापन समूहको तर्फबाट कार्यसमिति सदस्यका लागि रिडी हाइड्रोपावरका कार्यकारी निर्देशक कुवेरमणि नेपाल चुनावी मैदानमा होमिएका छन् । नेपालसँग जलविद्युत क्षेत्रमा लामो समयदेखि काम गरिसकेको अनुभव छ ।
इप्पानको चुनावी सेरोफेरोमा रहेर अर्थ सञ्जाल डट्कमले जलविद्युत उद्यमीका रुपमा परिचित रिडी हाइड्रोपावरका कार्यकारी निर्देशक कुवेरमणि नेपालसँग गरिएको कुराकानीको सम्पादित अंश ।
१. इप्पानको २१औं वार्षिक साधारणसभा जेठ ३२ गते अर्थात् भोली हुँदैछ । साधारणसभाले नयाँ कार्यसमितिको चयन गर्दैछ, सो समितिका लागि संस्थापन समूहको तर्फबाट सदस्यका लागि उम्मेदवारी घोषणा गर्नु भएको छ, तपाईंको उम्मेदवारी किन ?
हामीले संस्थापन समूह गणेश कार्कीको अध्यक्षतामा २५ सदस्यीय प्यानलसहित उम्मेदवारी दर्ता गरेका छौँ । मैले उक्त कार्यसमितिको लागि मनोनयन दर्ता गरेको छु । मेरो मनोनयन किन भन्ने सन्दर्भमा म विगत २५ वर्षदेखि जलविद्युत क्षेत्रमा कार्यरत रहँदै आएको छु । मेरो २२ देखि २३ वर्षको अनुभव उर्जा क्षेत्रको साझा संगठन इप्पानमा लगाउन चाहन्छु । यो मेरो अनुभवबाट इप्पानले भोलि रणनीतिक साझेदारी र विकासमा सहयोग पुग्छ भन्ने अपेक्षा लिएको छु । नेपालको सन्दर्भमा पहिलोपल्ट सङ जलविद्युत आयोजना बनाउने हाम्रै संगठन अरुण भ्याली हाइड्रोपावर थियो । जसले ३ मेगावाटको आयोजना संखुवासभा जिल्लाको चैनपुरमा बनाएर २०६० सालमा राष्ट्रिय प्रसारण लाइनमा पठाएको हो । त्यसपछाडि देशमा धेरै जलविद्युत आयोजनाको विकास विस्तार हुने सन्दर्भमा अहिले निकै फड्को मरेको छ । यो फड्को मार्नुमा विद्युत ऐन २०४९ र विद्युत नियमावली २०५० जसले जलविद्युत क्षेत्रमा निजी क्षेत्रको ढोका खुला गरेको थियो । त्यही ऐन अन्तर्गत रहेर हामीले कम्पनी दर्ता गरेर देशमा जलविद्युतको विकास निर्माणमा कम गरिरहेका छौँ । अहिले यो २० वर्षको अवधिमा हामीले धेरै ठूला आयोजनाहरु निमार्ण गरेका छौँ। विद्युत ऐन अगाडि दातृ निकायबाट मात्र बन्ने गरेको थियो । विद्युत ऐनले निजी क्षेत्रको ढोका खोलेसँगै निजी क्षेत्रले ६० प्रतिशत विद्युत आयोजना निर्माण गरेको छ । कुल २६०० मेगावाटमध्ये १४०० मेगावाट विद्युत आयोजना नेपाली निजी क्षेत्रले बनाएको छ ।
यो दर अबको ३ वर्षमा कुल विद्युतको ८० प्रतिशत निजी क्षेत्रको हुनेछ भने २० प्रतिशत सरकारको हुनेछ । यही लक्ष्य हासिल गराउनका लागि पनि मैले उम्मेदवारी दिएको छु । मैले मेरो आफ्नो तर्फबाट मेरो २२ वर्षको अनुभवलाई यसभित्र लगाएर इप्पानलाई सशक्तिकरणको रुपमा लाने योजना छ ।
२. खासमा कतिपयलाई इप्पान के हो ? केका लागि स्थापित संस्था हो भन्ने थाहा छैन के-के काम हुन्छ ?
इप्पान भनेको जलविद्युतमा कम गर्ने संस्थानहरुको साझा संगठन हो । यो संगठनले जलविद्युत क्षेत्रमा हाम्रो हाम्रा आवाज उठाउने सामाजिक संस्था हो । यो गैर नाफा संस्था हो । विद्युत उद्यमीहरुको साझा संस्था हो । इप्पान भनेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल हो । यस संस्थामा जलविद्युत क्षेत्रमा कसरी हाम्रा आवाजहरुलाई बुलन्द पार्न सकिन्छ ? कसरी जलविद्युत विकासलाई टेवा पुर्याउन सकिन्छ ? त्यसमा सरकार कुन ठाउँमा सहयोग गर्नुपर्नेछ ? कुन ठाउँमा निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्नेछ ? यी सबैको समन्वयको भूमिका खेल्नको लागि यसले काम गर्दै आइरहेको छ । यसले साझा अवधारणाको रुपमा कम गर्दै आइरहेको छ । यसले हरेक वर्ष पावर समिट गर्छ । विश्वभरका मान्छे बोलाएर देशमा भइराखेको अहिलेको हाइड्रोपावर, सोलार लगायतका विकासमा प्रस्तुतिकरण गर्ने गरेको छ । त्यसैगरी इप्पानले सरकारको कमि कमजोरीमा औल्याउने काम गर्छ ।
त्यसैगरी जलविद्युत क्षेत्रमा कहाँ सुधारको खाँचो छ ? कस्ता खालको कामहरु सरकारले गर्नुपर्छ यसका लागि टिकाटिप्पणी गर्ने, सुझाव गर्ने, सरकारलाई दबाब दिने लगायतका कामहरुमा इप्पान लागेको छ ।
३. जलविद्युत क्षेत्रको अहिले सम्भावना अर्थात् बजार कस्तो रहेको छ ?
उर्जा चाहिँ संसारमा नभई नहुने कुरा हो । त्यसमा पनि नेपालमा हाम्रो जुन खालको पर क्यापिटल कन्जप्सन भनेर उर्जामा गर्छौं त्यो निरन्तर हरेक वर्ष बढिराखेको छ । नेपालमा उर्जाको लागि घनिभूत सम्भावना छ । वर्खा केही समय त बढी हुने अवस्थामा समेत पुगेको छ । त्यो हुनाले हामी निर्यात गर्ने अवस्थामा समेत पुगेका छौँ । हामीलाई खान पकाउनदेखि लिएर उद्योग चलाउनदेखि लिएर अत्यावश्यक कुरामा समेत विद्युतको आवश्यकता रहन्छ । पहिले ४/५ वाटको विद्युतले पुगेको थियो भने अहिले ४/५ हजार मेगावाट विद्युत आवश्यकता परेको छ । त्यसकारण हरेक विषयवस्तु उर्जाबाट सञ्चालित छ ।
उर्जाको माग दिनानुदिन बढ्दै गइरहेको छ । उद्योग कलाकारखाना थपिँदै गइरहेको छ । सिंचाईमा पनि उर्जा नपुगिरहेको अवस्था छ । त्यसकारण उर्जा अब सिचाईतिर जानुपर्छ । बढी भएको आफैँमा उपयोग गर्नका लागि राति बढी हुने बिजुली सिचाईमा हाल्नुपर्छ । त्यसकारण यो सेक्टर पनि बुलन्द हुन्छ ।
४. भर्खरै भारत भ्रमणको क्रममा प्रधानमन्त्रीले भारतलाई १० हजार मेगावाट विद्युत बेच्ने सम्झौता गरेर आउनुभएको छ । यसलाई जलविदुत उत्पादकहरुले कसरी लिएका छन् ?
हामीले उत्पादन गरेको विद्युत नकिन्दिने होकी, हाम्रो बढी भएको बिजुली खेर जाने होकी भन्ने अवस्थामा भारत सरकारले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने भएको छ । यो हाम्रो लागि खुशीको खबर हो । त्यसकारण यो पछिल्लो प्रधानमन्त्रीको भारत भ्रमणले उर्जा सेक्टरलाई गुल्जायमान बनाएको छ । हामी एकदमै उत्साहित भएका छौँ ।
६. जलविद्युत क्षेत्रमा देखिएका समस्याहरु के-के छन् र ती समस्या समाधान गर्न इप्पानले कस्तो भूमिका खेलिरहेको छ ?
उर्जा सेक्टरमा पहिलेजति सहज थियो अहिले त्यति सहज छैन । उर्जासँग बन जोडिन्छ, जग्गा जोडिन्छ, प्रसारण लाइन जोडिन्छ । प्रसारण लाइनसँग सम्बन्धित समस्या छ । पुँजी जुटाउन समस्या छ । वन कटानीक समस्या छन् । जग्गाका हदबन्दीका समस्या छन् । टेक्नोलोजीका समस्या छन् । उर्जामा धेरै समस्या छन् । इप्पानले हरेक इस्युमा आफ्नो धारणा राखेर सरकारलाई दिने गरेको छ । यसरी दिने आफ्नो प्रस्तुतिकरण गर्ने क्रममा लबिङ गर्ने क्रममा कतिपय कुराहरु सम्बोधन भएको छ । अझैपनि धेरै विषयवस्तु बाँकी छन् । ती बाँकि भएका विषयवस्तुहरु अब आउने कार्यसमितिले सम्बोधन गर्दै जान्छ ।
६. तपाई कुन कुन परियोजनामा संलग्न हुनुहुन्छ ? कुन कुन योजना बनाई राख्नु भएको छ ?
म अहिले रिडी पावर कम्पनीमा कार्यरत छु । यसभन्दा अगाडि हामीले अरुण भ्याली हाइड्रोपावर, युवाखोला १० मेगावाट, रिडीखोला २.४ मेगावाट, बुटवल सोलार ८.५ मेगावाट, रैराङ खोला ०.५ मेगावाट सञ्चालनमा छन् । त्यसैगरी, ग्रुप अफ कम्पनी अपि पावर, अरुण भ्याली हाइड्रोपावर, अरुण कावेली गरी १०० मेगावाट परियोजना सञ्चालनमा छन् ।
त्यस्तै १०० मेगावाटको प्रोजेक्ट अन्डरकन्ट्रक्सन छ । त्यसैगरी भविष्यमा सरकारको पोलिसी ठिक भयो भने हामी सोलारको आयोजनामा ठूलो लगानी गरेर अगाडि बढ्ने योजना बनाइरहेका छौँ ।
७. जलविधुत मार्फत नेपालको अर्थतन्त्रमा कस्तो फाइदा पुगेको छ, रोजगारी सिर्जनामा के सहयोग गरेको छ ?
अहिलेको अवस्थामा कच्चा पदार्थ हामीसँगै भएको, खपत हामीसँगै भएको क्षेत्र उर्जा हो । सोलार भन्ने हो भने सोलारको कच्चा पदार्थ घाम नि:शुल्क छ । हाइड्रोलाई चाहिने घामको विकीरण नि:शुल्क छ । यो सबैको लागि हामीसँग स्रोत छ । त्यो हुनाले यसलाई उपयोग गरेर उर्जा उत्पादन गरी अर्थतन्त्रलाई भरपुर फाइदा पुर्याउने सकिने सम्भावना छ । यसको अलावा यसले रोजगारीमा समेत ठूलो टेवा पुर्याएको छ ।
यसले कन्ट्रक्सन हुँदा डेढसयदेखि २ सय सम्म एकैपटक रोजगारी दिन्छ । त्यसपछि निरन्तर त्यहाँ बस्नेहरुलाई लामो समयसम्म रोजगारी दिने हाइड्रोपावर हो । अहिले रोजगारीकै कुरा गर्नुहुन्छ भने एउटा १ मेगावाटको परियोजनामा ५० देखि ६० जना कन्स्ट्रक्सन गर्दाखेरी अथवा अझ ५ मेगावाटको परियोजना १०० देखि १५० जनासम्म कन्ट्रक्सन गर्दा लाग्छ ।त्यसैगरी १२ देखि १५ जना चाहिँ अपरेशनमा चाहिन्छ ।
यसले रोजगार पनि राम्रो सिर्जना गरेको छ ।त्यसकारण अहिले जतिवटा आयोजना बन्यो त्यतिवटा रोजगारी थपिराखेको अवस्था छ ।
८. तपाई निर्वाचित हुनुभयो भने जलविद्युत क्षेत्रको विकासका लागि मुख्य कामहरू के-के गर्नुहुन्छ ?
सर्वप्रथम म जुन सेक्टरमा छु, त्यहिँ संस्था सेक्टरको संस्था इप्पान हो । यही क्षेत्रमा मेरो २२/२३ वर्षको अनुभव छ । म त्यो अनुभवलाई यसमा लगाउन चाहन्छु । अहिले इप्पानले धेरैजसो लबिङको कामहरु गरिरहेको छ । नीतिगत कामहरु गरिराखेको छ । मेरो उपस्थितिले यसलाई केही रुपान्तरण गर्न चाहन्छु । रिसर्चमा पनि हामीले फोकस गर्नुपर्छ । जलविद्युत हामीले बनाएर मात्र पुग्दैन । त्यसको संरक्षण हुनुपनि जरुरी छ । पछिल्लो समय तापक्रमले गर्दाखेरी जलवायु परिवर्तनले पानी नपर्ने जस्ता समस्या देखिएका छन् । त्यसैगरी जलाधारका समस्या सम्बोधन गर्नुपर्ने कुराहरु छन् । गुणस्तरीय उर्जा उत्पादन गर्न के गर्नुपर्छ ? हामीले सरकारलाई विजुली उपयोगका लागि हामीले कहाँनेर भूमिका निर्वाह गर्नुपर्छ ? लगायतका कुराहरुमा हामीले काम गर्नुपर्नेछ । हामीसँग अहिले हाइड्रोको डेटा के हो ? हामीसँगको अवस्था के हो ? यी सबै कुराको रिसर्ज सेन्टर पनि हो । जहाँ इप्पान भनेर आउँदाखेरी उर्जासँग सम्बन्धित कुराहरु त्यहाँ लिन सकियोस् । त्यो वातावरण बनाउने मेरो भूमिका रहन्छ । म मुख्य भूमिकामा त छैन । अध्यक्ष्यलाई त्यो कुरामा सक्दोप सहयोग गर्ने मेरो भूमिका रहन्छ ।

सरस्वती अधिकारी